इमेलमार्फत गरेको पत्राचारको जवाफ नआएपछि एनसेलको सीईओलाई अर्थ समितिले काट्यो पत्र
काठमाडौँ – प्रतिनिधिसभा अन्तर्गत रहेको अर्थ समितिले एनसेल आजियाटा कम्पनीको प्रमुख कार्यकारी अधिकृतलाई पत्र पठाएको छ ।
मलेसियास्थित ऐनसेल आजियाटाको सिइओलाई त्यहाँस्थित नेपाली दूतावासमार्फत पत्र पठाइएको अर्थ समितिका सभापति सन्तोष चालिसेले जानकारी दिए ।
यसअघि इमेलमार्फत गरेको पत्राचारको जवाफ नआएपछि मलेसियामा रहेको दूतावासमार्फत पत्राचार गरिएको सभापति चालिसेले बताए । उनले भने,‘एनसेलको सिइओलाई इमेलमार्फत गरिएको पत्राचारको जवाफ नआएपछि मलेसियाको नेपाली राजदूतावासमार्फत उसलाई आज पत्राचार भएको छ ।’
पत्रमा राखिएको विषयबारे सभापति चालिसेले भने,‘उसले पत्र बुझेर पत्रको जवाफ दिएपछि, उ आफैँ आउने हो वा काठमाडौँ स्थित उसको प्रतिनिधिलाई पठाउने हो थाहा छैन । हामीले तिमीहरु लिखितम् सहित आऊ, कुन व्यवस्था अनुसार एनसेलको शेयर खरिद बिक्री गरेको हो, खरिद बिक्रीको सम्झौता के थियो त्यसको हुबहु सामग्री सहित आऊ भनेका छौँ ।’
अर्थ समितिले अब हचुवाको भरमा एनसेल शेयर विवादबारे बैठक नराख्ने भन्दै सभापति चालिसेले एनसेलको सिइओले हुबहु पत्र ल्याएपछि जनतालाई त्यो पत्र देखाएर जनतालाई सुसूचित गर्ने बताए ।
उनले भने,‘एनसेलको सिइओले समय दिएपछि बैठक राख्छु । भएको यस्तो रहेछ भनेर आधिकारिक पत्र सहितको बैठक हुन्छ ।