शेर बहादुर विश्वकर्माको ससक्त अभिनयमा ‘घर मेरो कर्णाली प्रदेश’ नामक मौलिक देउडा गित सार्वजनिक
काठमाडौँ – जी नेपाल म्युजिक प्रणालीको प्रस्तुतिमा प्रेमा शेर्पाचटौटद्वारा निर्मित ‘घर मेरो कर्णाली प्रदेश’ नामक देउडा गीत सार्वजनिक भएको छ। गीत गत शुक्रबार एक कार्यक्रमकाबीच प्रेमा शेर्पा चटौतको फुल्दै हजारी फूल सब्द रंजित देउडा गित सार्वजनिक भएको हो ।
शेर्पाद्वारा निर्मित घर मेरो कर्णाली प्रदेश नामक देउडा गीतबाट कालिकोट जिल्ला नरहरीनाथ गाउँपालिका वडा ( ०६ माल्कोट घर भई बिगत लामो समयदेखि पोखरालाई कर्मथलो बनाई बसेका, गीत संगीतका पारखि, समाजसेवी, पत्रकार शेर बहादुर विश्वकर्माले सुदूर कर्णालीकी चर्चित मोडल झरना बोहरासँग उक्त गीतबाट डेब्यु गरेका छन् ।
काठमाडौ को मुर्चुङ्गा रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको चर्चित गितमा युवा सर्जक तथा गीतकार लोकेश गोरल लाउरेको शब्दसंगीत रहेको छ। उक्त गीतमा चर्चित देउडा दोहोरी गायक छत्र शाही र प्रेमा शेर्पा चटौटले आवाज दिएका छन् भने म्युजिक भिडियो निर्देशन रमेश बिजुली बिसिले गरेका छन्। अमृत उपाध्यायले छायांकन गरेको गीतको संगीत संयोजन, मिक्सिङ संजय श्रीपालको रहेको छ ।
सुदुर र कर्णालीलाई नियालेर त्यहाँको कला संस्कृतिलाई जगेर्ना गर्न र आम दर्शक श्रोताहरूलाई मनोरञ्जन दिन उक्त देउडा गीतको निर्माण गरिएको प्रोडक्सन टिमको दाबी छ ।
आधा दर्जनभन्दा बढी गीतमा आफ्नो आवाज भरिसकेकी गायिका प्रेमा शेर्पा चटौत एक दशकदेखि काठमाडौमा बस्दै आए पनि पुर्ख्यौली घर सुदूरपश्चिम कैलाली भएको र सोही अनुरुप त्यहाँको कला संस्कृतिको निकै माया लाग्ने र त्यसलाई आफूहरुले नै जगेर्ना गर्नुपर्ने उनको भनाइ छ ।
झरना बोहोरा र शेर बहादुर बिश्वकर्माले अभियन गरेको टिपिकल देउडा ‘घर मेरो कर्णाली प्रदेश’ गीत (prema sherpa chataut ) युटुव च्यानल मार्फत सर्वत्र बजारमा उपलब्ध छ ।