जातिय विभेदको मारमा कालिकोटका वडाध्यक्ष

शनिबार, १४ पौस २०८०

काठमाडौ – कालिकोट जिल्ला पचाल झरना गाउँपालिका वडा २ का वडाध्यक्ष करविरे बि.क. जातिय विभेदमा परेका छन् । पालिकाकै वडा नं १ का गोकुल बोगटीले स्वास्थ्य चौकी सार्ने विषयको विवादलाई लिएर गरेका हुन् ।

उनले सामाजिक सन्जालमा आफूलाई वडा अध्यक्षले रिप लेखेको भन्दै स्वास्थ्यचौकीका कार्यालय सहयोगीसमेत रहेका बोगटीले वडाध्यक्ष बि.कलाई जातिय छुवाछुत हुने गरि गाली गरेका हुन् । उनको गाली गरेको अडियोसमेत बाहिरीएको छ । स्वास्थ्य चौकि स्थानान्तरणको बिवादको विषयलाई लिएर बोगटीले सााजिक सन्जालमै जातिय विभेद हुने शब्द प्रयोग गरेका छन् ।

यो विषयले बिवाद सामाधान गरिएको भनिए पनि बिवाद झन चुलिगएको देखिन्छ । केही दिन यता पचालझरना वडा नं १ र २ को बिचमा रहेको चौर स्वास्थ्य चौकी केही बर्ष पहिले भवन डिभिजन जुम्लाले स्वास्थ्य चौकि भवन निर्माण गर्दा अपाइक पर्ने ठाउँ भनेर रूच्का भन्ने ठाउमा निर्माण गरेको भन्दै स्वास्थ्य चौकि
स्थानान्तरणको बिवाद समुदायमा पुगेको थियो ।

वडा नं २ को पुरै र वडा नं १ को बहुमत समुदायले भवन अपाइक पर्ने ठाउमा निर्माण गरेर स्वास्थ्य सेवा समुदायको पहुच भन्दा टाढा सार्न खोजिएको भन्दै बिवाद सृजना गरेका थिए । उक्त बिवादमा वडा वडा न १ र २ नं वडा अध्यक्षले विज्ञप्ति प्रकासित गरेर स्वास्थ्य चौकी हाललाई साबिककै ठाउँबाट दिनु पर्ने बताए ।

त्यसको बिपक्षमा रहेका गोकुल बोगटिले वडा नं २ का अध्यक्ष करबिरे बिकले आफूलाई सामाजिक सन्जालमा रिप लेखेर कमेन्ट गरेको भन्दै छुद्र गाली गरेका थिए । तथानाम फेसबुकमा लेख्ने, फोन गरेर जातिय भेदभाव हुने गाली दिएको वडा नं २ का अध्यक्ष करबिरे बि.कले बताए । शुक्रबार नै दलित अधिकार कर्मीहरूले प्रमुख जिल्ला अधिकारीलाई भेटेर जातिय भेदभाव कसुर ऐन सजाय २०६८ अनुसार बोगटीलाई कारवाही गर्न माग गरेका छन् ।

उनलाई कारवाही गर्न दलित अधिकारकर्मीहरुले माग गर्दै जिल्ला प्रहरी कार्यालय कालिकोटमा उजुरी दिएका छन् । सोही उजुरीका आधारमा बोगटीलाई पक्राउ गरी जिप्रका ल्याउन प्रहरी युनिटलाई निर्देशन गरिसकेको प्रहरी निरक्षक प्रकाश केसीले बताए ।