प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीको कब्जाबाट ननिकालेसम्म देश समृद्ध हुँदैन: गगन थापा
काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देश प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरुको नियन्त्रणबाट ननिकालेसम्म देश समृद्ध नहुने छन्। परेको बताएका छन् ।
बुधबार पूर्वकर्मचारी समाज नेपालको स्मारिका विमोचन कार्यक्रममा बोल्दै महामन्त्री थापाले देश प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरुको नियन्त्रणमा परेकाले यहाबाट बाहिर ननिकालेसम्म देश समृद्ध नहुने बताएका हुन् ।
राजनीतिक दलहरुसमेत तिनै प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरुको नियन्त्रणमा भएको उनको भनाइ थियो । उनले उनीहरुबाट मुक्त नगरेसम्म देश समृद्ध नहुने पनि बताए ।