गठबन्धनका कारण देशमा सूर्य ग्रहण लागेको छ: केपी ओली

बुधबार, १७ माघ २०८०

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका कारण देशमा सुर्य ग्रहण लागेको बताएका छन्। छन्।

बुधबार सिन्धुपाल्चोकका पाँचपोखरी थाङ्पाल गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले अहिले देशको अवस्था निक्कै कमजोर बनेको भन्दै गठबन्धनका कारण देशमा सूर्य ग्रहण लागेको बताएका हुन् ।

उनले भने, ‘सूर्यमासमेत कहिलेकाहीँ ग्रहण लाग्ने बताउँदै ओलीले अहिले नेपालमाथि गठबन्धन नामको ग्रहण लागेको बताए। देश बनाउने एउटा एमालेलाई छेक्न अहिले आठरदशवटा गठबन्धन मिलेर ग्रहणको काम गरिरहेका ओलीको भनाइ छ। ग्रहण धेरै समय लाग्न नसक्ने बताउँदै एमाले त्यो ग्रहणबाट बाहिर निस्कने र देश विकासको काममा लाग्ने ओलीले बताए।

गठबन्धनको कारण देश बर्बादीतर्फ उन्मुख भएको ओलीले बताएका छन्। ‘देश ओरालो लागेको छ’, ओलीले अगाडि भने।’ विदेशबाट युवाले पठाएको रेमिट्यान्सले देश चलिरहेको ओलीले बताए।

यदि त्यो बन्द हुने हो भने देश बर्बाद हुने उनले प्रष्ट पारे। यस विषयमा गठबन्धनलाई बारम्बार सम्झाएको भए पनि यो सरकार त्यसमा जिम्मेवार नभएको ओलीको भनाइ छ।

गठबन्धन सरकार देश बनाउन नभई विकासको गति रोक्न बनेको ओलीले बताए।