नेपालको संवियता नक्कली रहेको खुलासा !

मंगलबार, २३ माघ २०८०

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले नेपालको संघियता नक्कली भएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टीको जातिय रक्षत्रीय मोर्चाहरुको संयुत्त भेला तथा प्रशिक्षण कार्यक्रमलाई संबोधन गर्दै महासचिव विप्लवले नेपालको संघियता नक्कली भएकाले देशको समग्र समस्याको हल गर्नै नसक्ने ठोकुवा गरेका हुन् ।

महासचिव विप्लव सीले समाजवाद स्थापनापछि बन्ने समाजवादी संघीयताले अहिले देशमा पहिचानका लागि चलिरहेका आन्दोलनलाई समेत संबोधन गर्ने बताए । उनले रुसको तत्कालीन सोभियत समाजवादी संघीयताले रुसका सबै जाती र क्षेत्रहरुको समस्या हल गरेको दृष्टान्त पेश गर्दै स्तालिनको निधनपछि ख्रुश्चोभहरुले उत्पीडित जातिर क्षेत्र समुदायमाथि गरेको विभेदका कारण सोभियत संघ विघटन भएको बताए ।

महासचिव विप्लव सीले नेपालमा तत्कालिन माओवादी जनयुद्धकालमा उठाइएका जातीयर क्षेत्रीय मुद्दाहरु सही भएको र त्यसले सिंगो नेपालका उत्पीडित जातिरक्षेत्रहरुलाई उचित संबोधन गरेकै कारण तत्कालीन जनयुद्धले सफलता प्राप्त गरेको बताए ।

उनले अहिले देशमा नेपाल कम्युनिस्ट पार्टीले नक्कली संघीयताको विरोध गरेको र समाजवादी संघीयताको स्थापनामा जोड दिइएको बताउँदै समाजवादी संघीयताविना देशका कुनै पनि जातीय क्षेत्रीय मुद्दाहरुले हल नहुने बताए ।

महासचिव विप्लव सीले नेकपा संघीयताविरोधी नभएको तर फेक संघीयता भने आफ्नो पार्टीले नचाहेको बताए । उक्त जातिय रक्षत्रीय मोर्चाहरुको संयुत्त भेला तथा प्रशिक्षण कार्यक्रममा मगर मुक्ति मोर्चा नेपालला अध्यक्ष सुदर्शन सी, थारु मुक्ति मोर्चा नेपालका अध्यक्ष संघ प्रसाद सुनिल सी, तामाङ मुक्ति मोर्चा नेपालका संयोजक प्रेरक सी, नेवा मुक्ति मोर्चा नेपालका अध्यक्ष सुरेन्द्र सी, लिम्बुवान मुक्ति मोर्चा नेपालका अध्यक्ष गजेन्द्र सी, किरात मुक्ति मोर्चा, नेपालकी सुनिता सी, तमु मुक्ति मोर्चा नेपालबाट काजी सीलगायतले रिपोर्टिङ तथा सुझाव राखेका थिए।

त्यसैगरी अन्य क्षेत्रीय मोर्चाहरुको तर्फबाट पनि रिपोर्टिङ तथा सुझाव राखिएको थियो। मधेसी मुक्ति मोर्चा, नेपालका संयोजक विनोद सी, कर्णाली मुक्ति मोर्चा नेपालका संयोजक विराट सी, सेती महाकाली मुक्ति मोर्चा नेपालका संयोजक रंगनाथ सीले पनि आफ्नो मोर्चाको रिपोर्टिङ तथा सुझाव राखेका थिए।

सोमबार शुरु भएको भेलार बैठक मंगलबार दिउँसो सम्पन्न भएको थियो। सो जातीय क्षेत्रीय मोर्चाको भेलारबैठकको अध्यक्षता तथा संचालन पार्टीका स्थायी समिति सदस्य कमरेड सन्तोष बुढा ९विषम सी०ले गरेका थिए ।

भेलाले समाजवादी संघीयतालाई नेपाली विशेषताको समाजवादसंग एक अर्कामा समायोजन गरेर लैजाने निर्णयसहित सबै जातीय क्षेत्रीय मोर्चाहरुको केन्द्रीय भेला सम्मेलन एक वर्षभित्र सम्पन्न गर्ने भएको छ ।