हामीले एजुकेशन फेयर मात्र गरेका छैनाैं, पर्यटन प्रवद्र्धन पनि गरेका छौं : अधिकारी

बुधबार, २४ माघ २०८०

बुटवल – एसआई युकेका निर्देशक विनय अधिकारीले युके एजुकेशन फेयर गरेर आफूहरूले नेपालको पर्याटन प्रवद्र्धन गरेको बताएका छन् । बुधबार विहान युकेबाट आएका विश्वविद्यालयका प्रतिनिधिसँगको छलफलमा अधिकारीले युके एजुकेशन फेयर गरेर एसआई युकेले नेपालको पर्यटन प्रवद्र्धन गरेको बताएका हुन् ।

युकेबाट आएका विश्वविद्यालयका प्रतिनिधहरूलाई नेपालका पर्यटकीय स्थलहरू भ्रमण गर्दा, नेपालमा‌ होटल बुकिङ गर्दा, खाँदा बस्दा, यात्रा गर्दासमेत पर्यटन प्रवद्र्धन भएको उनको भनाई थियो । विश्वविद्यालयका प्रतिनिधिले पनि नेपाल आउन पाउँदा आफूलाई निकै खुसी लागेको बताए ।

“हामी काठमाडौं, पोखरा, बुटवल, चितवनमा युकेका चर्चित विश्वविद्यालयका प्रतिनिधिलाई ल्याएर एजुकेशन फेयर गरेका छौं ।”, अधिकारीले भने, “यो फेयरले नेपाली विद्यार्थीलाई अध्ययनका लागि युके लिएर जाने कुरा मात्र भएको छैन, नेपालको पर्याटन प्रवद्र्धन पनि भएको छ । हामीले उनीहरूलाई नेपालका पर्यटकीय गन्तव्यहरू पनि घुमाएका छौं, घुमाउँदैछौं । उनीहरूले मनोरञ्जन लिइरहेका छन् । आफ्नो फोटोहरू सामाजिक सञ्जालमा पोस्ट गरिरहेका छन् ।”

विश्वविद्यालयका प्रतिनिधिले सामाजिक संजालमा आफ्नो तस्वीर पोस्ट गरेका कारण युकेमा रहेका उनीहरूका आफन्त साथीभाईले नेपाल आउने इच्छा जाहेर गरिरहेको उनको भनाई छ ।

एसआई युकेले काठमाडौं, पोखरा, बुटवलमा “युके एजुकेशन फेयर २०२४” सम्पन्न गरिसकेको छ । शुक्रबार चितवन फेयर हुँदैछ । फेयरमा युकेका ३५ बढी विश्वविद्यालयका प्रतिनिधिकाे उपस्थिति रहनेछ ।