एसआई युकेको ‘युके एजुकेशन फेयर’ मा १७ सय विद्यार्थीको सहभागिता, उत्साहित विश्वविद्यालयका प्रतिनिधि

सोमबार, २९ माघ २०८०

काठमाडौं – एसआई युकेले बेलायत अध्ययन सम्बन्धी सबैभन्दा ठूलो ‘युके एजुकेशन फेयर २०२४’ सम्पन्न गरेको छ । माघ २१ गते (फेब्रुअरी ३) काठमाडौंदेखि सुरु भएको फेयर माघ २६ गते (९ फेब्रुअरी) चितवन पुगेर समापन भएको हो । फेयरमा १७ सय ७ जना विद्यार्थीले अवलोकन गर्दै विश्वविद्यालयका प्रतिनिधिसँग प्रत्यक्ष परामर्श लिएका छन् ।

फेयर माघ २१ गते काठमाडौंको पुतलीसडकस्थित एसआई युकेको कार्यालयबाट सुरु भएको थियो । उक्त फेयरमा ६ सय ११ जना विद्यार्थीले अवलोकन गरेका थिए । २२ गते पोखराको चिप्लेढुंगास्थिति युएफओ अगाडि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको माथिल्लो तलामा रहेको एसआई युकेको कार्यालयमा चलेको थियो । उक्त फेयरमा ३ सय बढी विद्यार्थीले अबलोकन गरेका छन् ।

२४ गते बुटवलको मिलनचोकस्थित एसआई युके बुटवलको कार्यालयमा फेयर भएको थियो । उक्त फेयरमा ४ सय ३७ जनाको सहभागिता थियो । माघ २६ गते चितवनमा आयोजना गरिएको फेयरमा ३ सय ५९ जनाले सहभागिता जनाएका थिए । फेयरमा उपस्थिति धेरै विद्यार्थीले ठाउँको ठाउँ कण्डिस्नल अफर लेटर प्राप्त गरेका थिए ।

फेयरमा सहभागी विद्यार्थीले विश्वविद्यालयका प्रतिनिधिसँग प्रत्यक्ष भेट्ट पाउँदा आफूहरु भाग्वानी भएको बताएका थिए । चार बटै सहरमा सहभागी विद्यार्थीले फेयरमा उपस्थित भएर आफूहरुले युकेको एजुकेशन सिस्टमका बारेमा नजिकबाट बुझ्ने अवसर पाएको बताएका थिए । उनीहरुले एसआई युकेको सर्भिसेस् मन परेको भन्दै अरु विद्यार्थीलाई पनि आएर एसआई युकेबाट एप्लाई गर्न सल्लाह दिएका थिए ।

फेयरमा युकेबाट आएका विश्वविद्यालयका प्रतिनिधिहरुले एसआई युकेको फेयरले आफूहरुलाई नेपाल दोश्रो घरको महशुस गराएको प्रतिक्रिया दिएका थिए । रीजेन्ट कलेज लण्डनका स्टुडेन्ट रिक्युप्मेन्ट म्यानेजर स्कट भुसेलले नेपाल आउँदा आफूलाई दोश्रो घरका घर आएको महशुस भएको बताए । साथै उनले अर्को पटक नेपाल आउँदा परिवारसहित आउने प्रतिबद्धतासमेत जाहेर गरेर बेलायत फर्किएका छन् ।

एसआई युकेले फेयरमात्र नगराएर नेपालका पर्याटकिय गन्तव्यहरुको भ्रमणसमेत गराएकाले आफूहरु खुशी भएको उनीहरुको भनाई थियो । एसआई युकेका निर्देशक विनय अधिकारीले पनि आफूहरुले फेयर मात्र नगराएर नेपालको पर्याटन प्रबद्धन पनि गरेको बताए । आफ्ना गतिविधि देखेर बेलायतमा रहेका गोराका साथीहरु नेपाल आउन चाहेको अधिकारीको भनाई थियो ।

एसआई युकेले काठमाडौंसहित पश्चिमका ४ वटा फेयर सम्मन गरेर शैक्षिक परामर्श क्षेत्रमा रक्तसञ्चार गराएको छ । यो फेयरले नेपालको शैक्षिक परामर्श क्षेत्रमा रक्तसञ्चारको काम गरेको यस क्षेत्रका जानकारहरुले प्रतिक्रिया दिएका छन् । अस्ट्रेलिया, क्यानडा लगायत नेपाली विद्यार्थीको रोजाईका गन्तव्य मूलुकहरुले भिसामा कडाई गरिरहेका बेलामा एसआई युकेले युकेलाई मात्र लक्षित गर्दै फेयर गरेर परामर्श व्यवसायमा भाईव दिएको उनीहरुको भनाई छ । एसआई युकेले केही समयपछि पूर्वका इटहरी, धरान, धनकुटा र विर्तामोर्डमा पनि फेयर गर्ने तयारी गरेको छ ।