चार पार्टी सम्मिलित समाजवादी मोर्चाको नेतृत्वमा विप्लव

आइतबार, ६ फाल्गुन २०८०

काठमाडौं – नेकपासहित चारवटा राजनीतिक पार्टीहरु संलग्न समाजवादी मोर्चा नेपालको बैठक सम्पन्न भएको छ । बैठकले मोर्चाको संयोजकमा विप्लवलाई चयन गरेको छ । यसअघि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मोर्चाको नेतृत्व गरेका थिए ।

आज विहान प्रधानमन्त्री कार्यालय बालुवाटारमा बसेको बैठकले प्रतिगामी र साम्राज्यवादी षड्यन्त्र तिब्र भएको निश्कर्ष निकाल्दै यसको विरुद्ध लड्ने निर्णय गरेको छ । बैठकले समाजवादी मोर्चाको नेतृत्व चक्रिय प्रणालीमा गर्ने पूर्वसहमति अनुसार नेकपाका महासचिव विप्लवलाई सुम्पिएको छ ।

केही दिनमा नै बस्ने मोर्चाको बैठकले थप कार्यक्रम बनाउने र राहतका कार्यक्रम घोषणा गर्न सरकारलाई अनुरोध र सहयोग समेत गर्ने नेकपा प्रबक्ता प्रकाण्ड सीले बताएका छन् ।

मोर्चामा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेपाल कम्युनिस्ट पार्टी रहेका छन् । गएको असार ४ गते मोर्चाको घोषणा भएको छ ।