देशको जिम्मा लिने गरी नेता कार्यकर्ताको ज्ञान र क्षमताको विकास गर्नुपर्छ: भरत सीे
काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भरत सीेले देशको जिम्मा लिने गरी नेता कार्यकर्ताहरुको ज्ञान र क्षमताको विकाश गर्नुपर्ने छन्। बुधबार नेकपा दक्षिण कर्णाली व्यूरोद्वारा बाँकेको कोहलपुरमा आयोजित ५ दिने व्यूरो स्तरिय स्कुलिङ कार्यक्रममको उद्घाटन गर्दै उनले नेकपाको नेतृत्व अहिले समाजवादी मोर्चाको संयोजक समेत रहेको बेला देशको जिम्मा लिने गरी नेता कार्यकर्ताहरुको ज्ञान र क्षमताको विकाश गर्नुपर्ने बताएका हुन्।
उनले नेता कार्यकर्ताको दृष्टिकोण बदल्ने बौद्धिक सारतत्व सहितको नयाँ ज्ञान नेपाल कम्युनिष्ट पार्टीसंग रहेको दाबी गर्दै व्यवहारबाट नयाँ ज्ञान प्राप्त गर्ने र फेरी ज्ञानलाई व्यवहारमा बदल्ने जिम्मा नेकपाको रहेको बताए । उनले भने ‘आजको व्यवस्थाको सीमा समस्याहरु धेरैछन, मिटर व्याजीको आन्दोलन पैदल हिडेर सिंहदवार पुगेको छ । युवाहरु बेरोजगार भएर रोजगारीका लागि विदेशीएका छन । एमसीसीले हस्तक्षेप बढाएको छ । भ्रष्टाचार,कमिशनले देश आक्रान्त छ । यी तमाम समस्याहरु दलाल पुँजीवादी व्यवस्थाका कारण हो । यसले देशलाई समाधान दिन सक्दैन । यसको विकल्प समाजवादी मोर्चाले अगाडि सारेको नेपाली विशेषताको समाजवाद मात्र एकमात्र विकल्प हो ।’
उनले दृष्टिकोण धारीलो बनाउनका लागि स्कुलिङ कार्यक्रमको आयोजना गरिएको बताउदै सिद्धान्त र व्यवहारले दलाल पुँजीवादलाई पछाडि पार्ने गरी नेकपा जानु पर्ने धारणा राखे । ‘यो नयाँ स्कुल हो, विगतको भन्दा फरक स्कुल हो’ उनले भने, ‘हामीसंग आफ्नै व्यवहारबाट निकालिएको ज्ञान छ ,यसलाई फेरी व्यवहारमा लागु गर्न दुष्टिकोण धारिलो पारिरहेका छौ । दृष्टिकोणमा स्पष्टता र वैज्ञानिक दृष्टिकोण बनाउन स्कुल संचालन गरिएको हो ।’
उनले राजनीतिक क्रान्ति पुरा नभएको भन्दै नेपाली श्रमिक जनता र अमेरिकी साम्राज्यवाद बिच मुख्य अन्तरविरोध रहेको बताए । नेता भरतले सम्पूर्ण ढंगले एमसीसी खारेजी गर्न आवश्यक भएको पनि बताए ।उद्घाटन कार्यक्रममा नेकपाका पोलिट व्यूरो सदस्य तथा स्कुलिङ विभागका प्रमुख भेषराज सीले स्कुलिङको समयतालिका सुनाउदै विगतको भन्दा स्कुलिङ नयाँ भएको जिकिर गरे । उनले स्कुलिङ अबधिभर ( वटा दर्र्शनशास्त्र, ८ वटा राजनीतिक अर्थशास्त्र,५ वटा समाज विज्ञान, ५ वटा भौतिक विज्ञान र ६ वटा बैज्ञानिक समाजवादका गरी जम्मा ३४ वटा पिरियट संचालन हुने जानकारी दिए ।
स्कुलिङमा प्रशिक्षणको रुपमा नेता भरत सी,भेषराज सी,असल सी,प्रयास सी लगायतका प्रशिक्षकहरुको सहभागिता रहेको छ । स्कुलिङ कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा दक्षिण कर्णाली व्यूरो इन्चार्ज संगम सीले स्कुलिङलाई गम्भीरतापूर्वक लिन सहभागीहरुलाई निर्देशन दिए । स्कुलिङको उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य नेकपा बर्दिया जिल्ला इन्चार्ज हिमशिखर सीले दिएका थिए भने कार्यक्रमको संचालन नेकपाका उत्तर बाँके जिल्ला इन्चार्ज रणदिप सीले गरेका थिए ।
स्कुलिङ उद्घाटन कार्यक्रमको अध्यक्षता व्यूरो इन्चार्ज संगम सीले गरेका थिए । बाँके,बर्दिया,जाजरकोट र डोल्पा जिल्लाका करिब ४० बढी सहभागी प्रशिक्षार्थीहरुको उपस्थिति रहेको विद्यागत स्कुलिङ फागुन १६ गते देखि २० गते सम्म संचालन हुने नेकपा दक्षिण कर्णाली व्यूरोले जनाएको छ ।