कुटपिट तथा अंगभंग सम्बन्धी कसुरमा शर्मिला वाइबा पक्राउ
काठमाडौँ – कुटपिट तथा अंगभंग सम्बन्धी कसुरमा शर्मिलालाई प्रहरीले पक्राउ गरेको छ। आफुलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबालाई काठमाडौं प्रहरीको अनुरोधमा बाह्रबिसेबाट पक्राउ गरिएको सिन्धुपाल्चोकका प्रहरी अधिकृतले बताएका हुन् ।
कलाकार पवन खतिवडा ‘म्याकुरी’लाई कुटपिट गरेको आरोपमा उनीविरुद्ध प्रहरी वृत महाराजगञ्जमा मुद्दा दर्ता भएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौँले उनलाई पक्राउ गर्न सिन्धुपाल्चोक प्रहरीसँग समन्वय गरेको थियो ।
केही दिनअघि शर्मिला, पवनकी पत्नी सुम्निमा खालिङ र बहिनी पवन बसेको घरमा गएर उनीमाथि गरेको आरोप छ । उनीविरुद्ध कुटपिट तथा अंगभंग सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।