अर्थमन्त्रीले ५ लाखको फाइल रोकेपछि प्रचण्डले लात हानेको खुलासा
काठमाडौं – प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले कांग्रेसलाई लात हानेर एमालेसँग गठबन्धन गर्नुको भित्री रहस्य खुलेको छ । अन्तर्यमा कोसी प्रदेशमा देखिएको मुख्यमन्त्री काण्ड, राष्ट्रियसभा निर्वाचन तथा कांग्रेस महासमिति बैठकमा नेताहरुले पेस गरेका प्रतिवेदनहरु देखिएको भएपनि भित्री कारण अर्कै रहेको रहस्य खुलेको हो ।
प्रधानमन्त्रीले अर्थमन्त्रालयमा स्वाथ्य उपचारसम्बन्धी पठाएको पाँच लाख रुपैयाँको फायल रोकिएपछि गठबन्धनमा दरार आएको हो । बाुलवाटार श्रोतले दिएको जानकारी अनुसार एकजना गम्भीर बिरामीको उपचारसम्बन्धी ५ लाखको प्रधानमन्त्रीको फाइल अर्थमन्त्री डा. प्रकाशसरण महतले फिर्ता गरिदिएका थिए ।
त्यही फायल फिर्ता भएको झोकमा प्रचण्डले देउवासँग अर्थमन्त्रीलाई फिर्ता बोलाउन पटकपटक फलफल गरेका थिए । तर देउवा अर्थमन्त्रीलाई हटाउन तयार नभएपनि प्रचण्डले कांग्रेसलाई गठबन्धनबाट लात हानेर एमालेको काँध फेरेका थिए ।
यता, टेरामक्स प्रविधि खरिदमा विवादमा मुछिएका स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले एउटा ठेक्का सम्झौतामा २० करोड लिएको आरोप लाग्दासमेत उनलाई हटाउन देउवाले अस्वीकार गरेको झोक पनि प्रचण्डमा थियो ।