मन्त्री बन्दै उपेन्द्र यादव, आजै सपथ ग्रहण
काठमाडौँ – जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादव पनि मन्त्री बन्ने भएका छन् । यादव उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेर सरकारमा सहभागी हुने भएका हुन् ।
सरकारमा जसपाले दुईवटा मन्त्रालय पाएको छ । वन मन्त्रीमा नवलकिशोर साह जाने करिब तय भएको छ । यद्यपि यसमा अन्य आकाङ्क्षी देखिएपछि निर्णय गर्ने जिम्मा अध्यक्ष यादवलाई दिइएको जसपा स्रोतले जनाएको छ ।
राज्यमन्त्रीको बारेमा पार्टीमा छलफल चलिरहेको छ । यादव र साहको सपथ आजै बेलुका हुने बताइएको छ ।