बालिकाले न्याय माग्दा अर्को बालकले ज्यान गुमाउनुपर्ने कस्तो लोकतन्त्र हो ? -कांग्रेस सभापति देउवा
भदौ १०, काठमाडौं – नेपाली कांग्रेका सभापति शेरबहादुर देउवाले निर्मला पन्त प्रकरणमा सरकारको व्यवहारप्रति असन्तुष्टि प्रकट गरेका छन् । संसदको विशेष समयमा बोल्दै देउवाले भने– बालिकाले न्याय माग्दा अर्को बालकले ज्यान गुमाउनुपर्ने कस्तो लोकतन्त्र हो ?’ भन्दै प्रश्न गरे।
‘राज्यले नै दोषीलाई जोगाउन खोज्दा नागरिकहरुमा आक्रोश बढ्नु र हजारौं नागरिक न्याय माग्न सडकमा ओर्लनू स्वभाविकै हो। तर राज्यले संयमता अपनाउन नसक्दा अर्का बालक सन्नी खन्नाको मृत्यु भयो। कैयौं नागरिकहरु घाइते हुन पुगे। सरकारको यस्तो कार्यको म निन्दा र भर्त्सना गर्न चाहन्छु’, देउवाले भने। उनले करले नागरिकको ढाड भाँचेको भन्दै न्यायोचित ढंगले कर उठाउन माग पनि गरेका छन् ।