स्वतन्त्रता खोज्नको लागि युवाहरु विदेशीए : पूर्वगर्भनर क्षेत्री
काठमाडौं – पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले युवाहरु स्वतन्त्रता खोज्नका लागि विदेशीने गरेको बताएका छन् । वान अपले आयोजना गरेको ‘इक्यान एडुक्लेभ २.०’ मा प्यानल डिस्कसनका क्रममा उनले नेपालमा युवाले स्वतन्त्रता महशुस गर्न नसकेका कारण विदेशीएको बताएको हुन् ।
‘बाहिर पढ्न जाने विषय अहिलेको समयमा नयाँ छैन । स्वतन्त्रता खोज्नको लागि पनि युवायुवती विदेश जान थाले, नेपालमा नै केही गर्नुपर्छ भनेर युवालाई रोक्न नसकिने अवस्था बनेको छ ।’ उनले भने ।
यसरी युवाहरु विदेशिँदा बढ्दो संख्यामा मुद्रा बाहिरिएर अर्थतन्त्रमा पनि समस्या परेको उनको भनाई छ । ‘चालू आर्थिक वर्षको सात महिनामा ६६ अर्ब रूपैयाँ रकम विदेशिएको छ, तथ्यांकसँग तुलना गर्दा पनि विदेशबाट रेमिट्यान्स भित्रिए जस्तै, नेपाली विद्यार्थी पनि पैसा लिएर गइरहेका छन् ।’पूर्वगभर्नर क्षेत्रीले भने ।