सुनील पौडेलले लिएर लुकाएको करोडौको ‘घुस’ रकम यस्तो ठाउँमा भेटीयो
काठमाडौँ – राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक तथा टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनील पौडेलले घुसबापतको रकम सिंगापुरस्थित एक बैंकमा जम्मा गरेको तथ्य खुलेको छ। सूचना प्रविधिसम्बन्धी विभिन्न ठेक्कापट्टा दिलाएबापत उनले घुस लिने गरेको र त्यस्तो रकम सिंगापुरको युनाइटेड ओभरसिज बैंक (यूओबी) मा लुकाएर राखेको पाइएको छ।
काठमाडौं स् राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक तथा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का निलम्बित प्रबन्ध निर्देशक सुनील पौडेलले घुसबापतको रकम सिंगापुरस्थित एक बैंकमा जम्मा गरेको तथ्य खुलेको छ।
सूचना प्रविधिसम्बन्धी विभिन्न ठेक्कापट्टा दिलाएबापत उनले घुस लिने गरेको र त्यस्तो रकम सिंगापुरको युनाइटेड ओभरसिज बैंक (यूओबी) मा लुकाएर राखेको पाइएको छ। पटक–पटक गरेर उनको खातामा १३ करोड ५३ लाख ८६ हजार २ सय २६ रुपैयाँँ जम्मा भएको पाइएको छ। पौडेलको सम्पत्तिबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरेको थियो। आयोगका अनुसार विभिन्न अन्तर्राष्ट्रिय कम्पनीलाई ठेक्का दिएबापत सिंगापुरमा बैंकमार्फत भुक्तानी लिएको पाइएको छ।
आयोग स्रोतका अनुसार सिंगापुरको युनाइटेड ओभरसिज बैंक (यूओबी) मा पौडेलको नामको खाता नम्बर ३८०–९४८३१०८ मा ११ पटक रकम जम्मा भएको छ। त्यस बेला ९ करोड ३० लाख ९७ हजार ७२२ रुपैयाँ जम्मा भएको छ। पौडेलको खातामा २०७६ पुस १५, २०७६ चैत १४, १९ र २५ गते रकम जम्मा भएको छ।
यस्तै, २०७७ वैशाख १५, जेठ १४, जेठ ३० र पुस १६ मा पनि रकम जम्मा भएको थियो। त्यस्तै, २०७८ पुस १६, १९ र २३ गते यूओबी बैंकमा रहेको उनको खातामा रकम जम्मा भएको भेटिएको अख्तियार स्रोतले बतायो।
त्यस्तै युनाइटेड ओभरसिज बैंकको खाता नम्बर ३८०–३८०–९४८३१०८ र ४२६३९१०२२७ मा ७ पटक रकम जम्मा भएको थियो। त्यसबेला ४ करोड २ लाख ७२ हजार ८ सय २८ रुपैयाँ जम्मा भएको थियो। २०७६ चैत १२, १४, १७ र २०७७ साउन १२ गते तथा २०७८ साउन १८, भदौ ९ र मंसिर २० मा रकम जम्मा गरेको अख्तियारको अनुसन्धानबाट पुष्टि भएको छ।