सामाजिक संजालमा आफुले दिएको यस्तो अभिव्यक्तिले रवि आँफैलाई भयो गलापासो

मंगलबार, ११ बैशाख २०८१

काठमाडौं – आठ वर्ष अगाडि  सरकारले दिने गरेको सार्वजनिक विदालाई व्यङ्ग्य गर्दै खरो बिरोधमा उत्रिएका वर्तमान गृहमन्त्री रवि लामिछानेलाई आफ्नै अभिव्यक्तिले आँफैलाई गलापासोमा पारेको  छ।

आँफै गृहमन्त्री भएका बेलासरकारले दिएको सार्वजनिक बिदाको बिरोध गर्दै रविको बिगतका अभिव्यक्ति सार्वजनिक हुन थालेपछि आफ्नै अभिव्यक्तिले आँफैलाई गलापासोमा पारेको  हो ।

सामाजिक संजालमा ब्यापक बिरोध र आलोचना भएपछि लामिछानेले  आफ्नो बिगतका अभिव्यक्ति नखोतल्न आग्रह गर्दै जे कुरालाई हिजो गलत भनिएको हो आज पनि गलत नै रहेको उल्लेख गर्दै आफ्नो फेसबुकमा लामो स्टाटस लेखेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्ना धारणा राख्दै लामिछानेले ८ वर्ष पहिले सरकारले दिएको बिदालाई व्यङ्ग्य गर्दै बाउको मुख हेर्ने दिनमा पनि दिन भनेका थिए ।

आज कतारका अमिर आउने दिनमा गृह मन्त्रालयले दिएको बिदालाई लिएर सामाजिक सञ्जालमा उनको पुरानो अभिव्यक्ति उत्खनन् भएपछि लामिछानेले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले आफूले भीआईपीको सवारीका बेलामा नागरिकले पाउने सास्ती, करोडौँ खर्च गरेर दिइने पदक, आम माफीका विषयमा आफूले लगातार काम गरिरहेकाले छिट्टै रिजल्ट पनि आउने बताएका छन् ।