क्रान्तिकारी गलैँचा मजदुर संघको आठौँ राष्ट्रिय सम्मेलन सम्पन्न, अध्यक्षमा बिशाल सी
काठमाडौँ – अखिल नेपाल (क्रान्तिकारी) गलैँचा मजदुर संघको आठौँ राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ। केन्द्रीय सम्मेलन ले बिशाल सी लाई अध्यक्ष मा चयन गर्दै सम्मेलन सम्पन्न भएको छ।
सुक्रबार काठमाडौमा सम्पन्न अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको पेशागत संगठन गलैँचा मजदुर संघको आठौँ राष्ट्रिय सम्मेलनले बिशाल सीलाई अध्यक्षमा निर्वाचित गर्दै सम्मेलन सम्पन्न भएको हो ।
पेशागत हकहितका लागि गठन हुने अन्य मजदुर संगठन जस्तै अर्को घटक गलैंचा व्यवसायमा आबद्ध मजदुर र समग्र मजदुर अधिकारका लागि संगठित हुँदै आफ्ना अधिकार को रक्षा गर्न बिगत लामो समयदेखि संगठित हुँदै क्रान्तिको पक्षमा उभिदै आएको एक पेशागत घटक हो।
काठमाडौँस्थित जोरपाटीमा भएको संगठनको राष्ट्रिय सम्मेलनले बिशाल सी अध्यक्ष सहित उपाध्यक्षमा अरुण सी, महासचिवमा बालकुमार सी, सचिव रुपा सी, सहसचिव रमेश सी लगायत २७ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको छ ।
विशाल सीको अध्क्षतामा भएको सम्मेलन उद्घाटन कार्यक्रम को प्रमुख अतिथि अखिल नेपाल क्रान्तिकारी ट्रेडयुनियन महासंघका केन्द्रीय आयोजक समिति संयोजक केशव सी र सुमन सीको रहेको थियो भने कार्यक्रम संचालन बालकुमार सीले गरेका थिए ।
कार्यक्रममा नव निर्वाचित टिम लाइ बधाई तथा शुभकामना दिदै प्रमुख अतिथि महासंघका आयोजक कमिटी संयोजक श्याम सीले वैज्ञानिक समाजवाद बिना समग्र मजदुर बर्गको हित नहुने भन्दै अब वैज्ञानिक समाजवाद प्राप्तिका लागि आफ्नो क्षेत्रमा डटेर लाग्न निर्देशन दिएका छन् । त्यस्तै काठमाडौँमा हुन लागेको अखिल नेपाल (क्रान्तिकारी) यातायात मजदुर संघको राष्ट्रिय सम्मेलन लाई प्रभावकारी र सफल पार्न महासंघमा आबद्ध काठमाडौँका सम्पुर्ण पेशागत घटकहरुलाई अपिल गरेका छन्।