लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी, कांग्रेस असन्तुष्ट

आइतबार, १६ बैशाख २०८१

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ जारी गरेका छन्। राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार राष्ट्रपति पौडेलले आइतबार अध्यादेश जारी गरेका हुन् ।

नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी गरेका हुन्। सरकारले आइतबारदेखि लगानी सम्मेलन सुरू गरेको छ। सम्मेलनमा ५५ देशबाट लगानीकर्ता नेपाल आएका छन्।

लगानीकर्तालाई आक्रषण गर्नका लागि सरकारले अध्यादेश ल्याएको छ । सरकारले करिब ९ खर्ब लागत बराबरका एक सय ५१ परियोजना लगानी सम्मेलनमा सोकेस गरेको छ।

सरकारले अध्यादेश ल्याएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध गरेको छ । कांग्रेसले संसदको अधिवेशन अन्त्य गरेर हटाथ रुपमा अध्यादेश ल्याएर सरकार देश चलाउन खोजेको आरोप लगाएको छ ।