एनआइसी एसिया बैंक मार्फत डिम्याट खाता खोल्दै हुनुहुन्छ ? पख्नुहोस्… यसरी समय बर्बाद बनाइदिन्छ

सोमबार, ९ बैशाख २०७६

काठमाडौं – के तपाई सेयर बजारमा छिर्न खोज्दै हुनुहुन्छ ? तपाईको खाता नम्बर एनआइसी एसिया बैंकमा छ र त्यहीबाट डिम्याट खोलेर सेयर कारोबार गर्ने सोचमा हुनुहुन्छ भने पख्नुहोस् । तपाईको समय बर्बाद हुनसक्छ ।

एनआइसी एसिया बैंक मार्फत हितग्राही खाता (डिम्याट खाता) खोल्दा पाँच दिन लाग्ने गरेको खुलासा भएको छ । काठमाडौंको सुकेधारा शाखा मार्फत डिम्याट खाता खोल्ने ग्राहकका अनुसार त्यहाँबाट खाता खोल्नका लागि कम्तिमा पनि पाँच दिन लाग्ने गरेको छ ।

सुकेधारा शाखामा आफ्नो बैंक खाता रहेको बताउँदै एक जना ग्राहकले डिम्याट खाता खोल्दा धेरै दुख दिने गरेको बताए । खाता त खोली दिने तर पाँच दिन लाग्ने भन्दै उक्त शाखाका एक जना कर्मचारीले छिटो खाता चाहिएको भए अनामनगरमा रहेको एनआइसी एसिया क्यापिटलमा गएर खाता खोलेर आफ्नो सेयर कारोबार गर्न सक्नुहुन्छ भन्दै फर्काउने गरेको बताए । हामीले पनि यस विषयमा बुझ्दा उक्त शाखाका एक जना कर्मचारीले सिस्टममा बेलावेलामा समस्या आउने भएकाले समय लाग्ने स्विकारे । डिम्याट खाता खोल्न धेरै समय लाग्दैन ।

कुरा यति मात्र हैन यस शाखाले हरेक दिन सर्भर छैन भन्दै ग्राहकलाई दुःख दिइरहेको छ । ‘बैंक पनि साथी पनि’ भनेर आफूलाई निजि क्षेत्रको सबैभन्दा ठुलो बैंक भनेर प्रचार गरिरहेको यो बैंकको सर्भिसले शत्रुको जस्तो व्यवहार गरिरहेको छ । यो बैंकले देशभरका जनतालाई दुःख दिइरहेको छ । उक्त बैंकका कर्मचारी कोही झर्केर बोल्ने, कसैले सर्भर छैन भन्दै फर्काउने त कसैले चेकमा यो मिलेन या त्यो मिलेन भनेर जनतालाई दुःख दिइरहेको छ । ग्राहकहरु यस्तो बैंकमा शत्रुले पनि कारोवार नगरोस भन्दै सरापिरहेका छन ।

यो पनि पढ्नुहोस्

एनआइसी एसिया बैंकमा खाता खोल्दै हुनुहुन्छ ? पख्नुहोस्…! यसरी फसाउँछ बैंकले

एनआइसी एसिया बैंक विरुद्ध राजश्व अनुसन्धान विभागमा उजुरी

एनआइसी एसिया बैंकको घिन लाग्दो सर्भिस, सामाजिक संजालमा पोखियो विलौना !