भारलाई बुझ्नुहोस र सफल हुनुहोस् ।

मंगलबार, १० बैशाख २०७६

काठमाडौं – मित्र कुनै बेला अप्ठ्यारो पर्दछ भने त्यसलाई सहन गर्न पनि सक्नु पर्दछ, सुरुमा नै समस्यासँग आत्तियर छिटो समाधान गर्न खोज्दा समस्या समाधान नभएर झन् बढ्दछ । जीवनमा असफल हुने लक्षण भएका व्यक्तिहरुलाई भार वा बोझ जस्लाई अंग्रेजीमा Load भनिन्छ, त्यो उनीहरुलाई मन पर्दैन । यदि जीवनको कुनै पनि क्षणमा बोझ आईहाल्यो भने टाउको समाउन सुरु गर्छन्, चिन्तीत हुन्छन्, आत्तिन्छन्, अरु सबैलाई सुखि देख्छन्, दुःख आफुलाई मात्रै आएको अनुभब गर्छन्, कतिले त भगवानलाई समेत गाली गर्न पुग्छन् । वास्तवमा प्रत्येक मान्छेको जीवनमा भार अर्थात बोझ बाकि नै रहेको हुन्छ । फरक यति मात्र हो कि कसैले मलाई यसो भयो, उसो भयो आदि इत्यादि भन्दै जीवनको सम्पुर्ण कुरा अर्कालाई सुनाउँछन्, गोप्य राख्न सक्दैनन् भने कसैले सम्पुर्ण भारहरु सहन्छन्, अरुलाई सुनाउँन चाहादैनन् ।

अत ः जीवनमा बोझ सबैलाई आउँछ, अर्कालाई सुनाउने वा नसुनाउने मात्र कुरा हो । भार खप्न सक्नु पनि सफल जीवनको संकेत नै हो । यस्को अर्थ भार सहेर मात्र बस्ने त्यसबाट फुत्कीनै नखोज्ने भनेको भने होईन् । यो भारबाट मलाई भविश्यमा कति लाभ हुन्छ भन्ने कुरा आफैले अनुमान गर्न सक्नुपर्दछ । जस्तै एउटा व्यक्तिले रु. ५ लाख ऋीण खोज्यो र रु. ५ लाखनै शेयरमा लगानी ग¥यो भने भारलाई कता लैजाने भन्ने कुरा उसको क्षामतामा निर्भर गर्दछ । ऋीण उसको लागि भार हो किनभने शेयरबाट फाईदा–बेफाईदा जे भएपनि उसले निश्चित प्रतिशत ब्याज साहुलाई बुझाउनै पर्दछ । यदि उसले देशको राजनीतिक परिस्थिती, राम्रो प्रतिफल दिन सक्ने कम्पनि छुट्याउन सक्दैन भने त्यो ५ लाख ऋीणको ब्याज नै उसको जीवनमा माहान भार हुन पुग्छ, उसलाई उठ्नै नसक्ने गरि सुताउँछ, जीवनलाई डामाडोल बनाउँछ । अतः शेयरको भार उठेका भन्दा पनि सुतेका (बर्बाद भएका) व्यक्ति धेरै छन् ।

बोक्दैमा जीवनमा कोहि पनि सफल हुन सक्दैन । तर त्यहि व्यक्ति सजिलै सफल हुन्छ जसले यो मैले बोकिरहेको भारी अर्थात बोझले मलाई कहाँसम्म पु¥याउन सक्छ भन्ने कुराको पहिलानै अनुमान गर्न सक्छ । सहि अनुमान गर्न सक्नु सफलताको आधार हो । कसैले जग्गा किन्नु प¥यो भने यो ठाउँ ५ बर्ष पछि २५ लाख कमाउन सकिन्छ भन्ने तुरुन्तै अनुमान गर्छ र त्यस्तै हुन जान्छ । तर अर्काे कसैको अनुमान ठिक उल्टो हुन जान्छ, आफुले किनेको भन्दा झन मुल्य घट्दै गएर घर जग्गा्बाट पछारिएका व्यक्तिहरु पनि नभएका होईनन्, अतः भारलाई कहाँ वा कसरी लैजाने भन्ने कुराको पहिल्यै स्पष्ट धारणा हुनुपर्दछ ।

एक पटक २ जना व्यक्तिले ५–५ मिटर लामो फल्याक बोकेर गन्तव्य तिर गैरहेका थिए । अगाडि खोलो छ भन्ने कुरा दुवैलाई थाहा थियो । ती फल्याकहरु गह्रुंगा थिए । धेरै टाडा देखि उनीहरुले बडो दुखका साथ बिसाउँदै बिसाउँदै ल्याएका थिए । बाटो केहि जङगल र सुनसान थियो । ती मध्य एक जना अति नै थाक्यो र अर्को भन्दा धेरै पछाडि भयो । अघि जाने व्यक्तिले धेरै लामो दुरि पार गरि सक्यो । उ फल्याकको साहायता लिदै खोलो पनि पार ग¥यो र पाखाको बाटो हुदै घर पुग्यो । उता पछाडि पर्ने साथीले बुद्धि लगायो, उसले के ग¥यो भने फल्याक गहू्रंगो भएको हुदा बिचबाट काट्यो र आधामात्र फल्याक बोकेर हिड्यो । फल्याक छोटो भएपछि त हलुङ्गो हुने नै भयो जाँदा–जाँदै उ पनि खोला नजिकै पुग्यो । खोला तिव्र गतिले आएको थियो । उ बिचा प¥यो । फल्याकलाई खोलाको साँघुरो भागमा पुल बनाउने बिचार ग¥यो । फल्याक छोटो भएको हुनाले थोरै लम्बाई पुगेन । उ आत्तियो । जङगलको बिच, त्यसमा पनि रात परि सक्यो । गुहार पुकार ग¥यो । कसैले सुनेन । दिउसो आवाश्यकता भन्दा बढि आराम गरेको र बुद्धि प्रयोग गरि फल्याक काटेर हलुङगो बनाएकोमा पश्चाताप गर्दै रुदै कराउन शुरु ग¥यो । तर खोलाको छाँगाको आवाजले गर्दा उसको रुवाइ तथा कराइ कसैले सुन्न सकेन । सत प्रतिशत उसलाई अब म यहि नै मर्छुहोला जस्तो लाग्यो । घर परिवार, श्रीमती छोरा–छोरी सम्झन सुरु ग¥यो । उ भुईमा बस्न डरायो । एउटा अग्लो रुखमा रात बितायो ।

अतः मित्र कुनै पनि बेला अप्ठ्यारो पर्दछ भने त्यसलाई सहन पनि सक्नु पर्दछ । शुरुमा नै समस्यासँग आत्तिएर छिटो समाधान गर्न खोज्दा समस्या समाधान नभएर झन बढ्दछ । त्यो मान्छेले केहि भार कम गर्न बुद्धिको प्रयोग ग¥यो । तर त्यसले उसलाई झन समस्या प¥यो ।  विवेकानन्द अलजिजको पुस्तक बुद्धिले गर्नुहोसबाट साभार