समाजवादका लागि सामना जागरण अभियान २०८१ सुरु

शुक्रबार, ११ जेष्ठ २०८१

काठमाडौँ – अखिल नेपाल जनसांस्कृतिक महासंघ अन्तर्गत केन्द्रीय समाना परिवारले समाजवादका लागि जागरण अभियान ०८१ सुरु गरेको छ । नेपाली विशेषताको समाजवादका लागि सांस्कृतिक जागरण अभियान २०८१ बिहिबार सातदोबाटो चरिकोट दोखामा भब्यकार्यक्रमकाबिच उद्घाटन गरेको हो ।

अखिल नेपाल जनसांस्कृतिक महासङ्घको केन्द्रीय सामाना परिवारको टोलीद्वारा विभिन्न सांस्कृतिक प्रस्तुति सहित सयौं जन समुदायको उपस्थितिमा भब्य ढंगले समाजवादका लागि सामना जागर अभियान २०८१ सुरु गरेको  जनसांस्कृतिक महासंघका महासचिव कुसल बोगटीले जानकारी दिएका हुन् ।

उद्घाटन कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सल्लाहार कमरेड यादव सीले प्रमूख वक्ताका रुपमा धारणा राख्दै नेपाली विषेशताको समाजवाद र अभियानका वारेमा धारणा राखेका थिए।  उक्त कार्यक्रममा अतिथिका रुपमा  सहिद परिवारहरुका परिवार जनहरु , नेपाल पत्रकार महासंघ दोलखा शाखा अध्यक्ष दिप शंकर चौलागाई नेकपा सीसीएम तथा दोलखा जिल्ला ईन्चार्ज प्रेम सी  सिआरसिएमहरु राजन सी, राजकुमार सी, त्यसैगरी नेकपा दोलखा जिल्लाका नेतृत्वहरु मन्जु सी, सुस्मिता सी, लक्ष्मी सी, मन्दिरा सी, नरमाया सी, ईन्दिरा सी लगायत अथिहरुको सहभागीता रहेको थियो ।

समाजवादका लागि सामना जागर अभियानको नेतुत्व नेकपा केन्द्रीय सदस्य तथा सामना परिवारका संयोजक आरोह सीेले गर्नु भएको छ भने अभियान बागमती प्रदेशको दोलखा बाट सुरु भएर देशका विभिन्न जिल्लामा पुगेर हजारौ जनताहरुलाई समावादका वारेमा गित संगिका माध्यमवाट प्रशिक्षित गर्ने अभियानको मुख्य उदेश्य रहेको संगठनले जनाएको  छ।