सानिमा बैंकको ३४ करोड अपचलनबारे मदनकृष्ण र हरीबंशलाई खुलापत्र

बुधबार, १६ जेष्ठ २०८१

आदणिय मदनकृष्ण श्रेष्ठ र हरीबंश आचार्य ज्यू, नमस्कार । अहिले तपाईंहरु चलचित्रको प्रचार प्रसारको लागि विदेशमा हुनुहुन्छ । मदनकृष्ण दाई तपाईंको सानो अभिव्यक्तिले गर्दा तपाईंहरुको टिम अहिले तनावमा छ भन्ने मलाई लागेको छ । सुन्दै छु अष्टे«लियामा भएका नेपालीहरुले तपाईंहरुको कार्यक्रम बहिस्कार गर्दैछन् । तपाईंहरुले माफी मागी सक्नु भएकोले तपाईंहरुले कार्यक्रम सफल पारेर फर्कनु हुनेछ भन्ने आशा लिएको छु ।

तपाईंहरुले माफी माग्नु भयो र सोझा साझा नेपालीले तपाईंहरुलाई माफी दिए होलान् तर मैले माफी दिएको छैन । तपाईंहरुले सोच्नु होला यो नाथे अंगराज को हो ? हामीलाई माफी नदीने र एक जना नाथेले माफी नदिदैमा हामीलाई के हुन्छ र ? हो दाईहरु म एक जना नाथे नै हो । तपाईंहरुका नजरमा तर मैले उठाएको विषयले सही निकासको बाटो पाई भोलि छानबिन समिती बनेमा तपाईंहरुले मलाई नाथे सम्झीनु हुने छैन । त्यो समय अलिपछि आउला । समयको प्रतिक्षा गर्नु नै तपाईं र मेरो बाध्यता हुनेछ ।

जसरी तपाईंहरुले अहिले माफी माग्नु भयो त्यसरी नै भोलि फेरी आम बचत कर्तासँग माफी माग्नु पर्ने अवस्था आउन सक्छ । यदि त्यस्तो समय आएमा अनि मात्र तपाईंहरुले म नाथेलाई धेरै नै सम्झीनु हुनेछ । कसरी त ? अब म मुख्य विषयमा प्रवेश गर्दैछु । तपाईंहरु सानिमा बैंकको स्थापना कालदेखि नै प्रचार प्रसार दूतमा नियुक्ती हुनु भएको छ । यो एउटा नितान्त तपाईंहरुको व्यवसायिक काम हो । किन सानिमा बैंकले तपाईंहरुलाई नै यति लामो समयसम्म दूत बनाई रहेको होला ? पक्कै पनि तपाईंहरुको ख्यातीको कारणले नै यति लामो समयसम्म दूत भएर बैंकलाई सहयोग गरिरहनु भएको छ र तपाईंहरुको श्रमको मूल्य बैंकले दिई रहेको छ ।

दाईहरु पैसा नै सबै थोक होइन । जीवनको यति लामो समयसम्म आई पुग्दा तपाईंहरुले यो कुरा बुझिसक्नु भएको छ । यसमा मैले तपाईंहरुलाई सम्झाई रहनु पर्दैन होला । तपाईंहरुले बैंकबाट वार्षिक रुपमा केहि करोड पैसा पाउनु हुन्छ होला तर बैंकले भोलिका दिनमा बचत कर्ताहरुको करोड होइन खरब पैसा तलमाथि गरेमा त्यसको थोरै श्रेय तपाईंहरुमा पनि आउनेछ ।

तपाईंहरुको अनुहार हेरेर नै बचत कर्ताहरुले सानिमा बैंकमा बचत गरिरहेका छन् । मदनकृष्ण र हरीबंंशले पत्याएको बैंक भएकोले सानिमा बैंक राम्रो होला भन्ने आम बचत कर्ताको बुझाई रहेकोले नै बचत कर्ताहरुले बैंकमा बचत गरेका छन् । यस्को अर्थ अरु बैंकमा जनताको विश्वास नएकोले बचत गर्दैनन् भन्ने होइन । तुलनात्मक रुपमा सानिमामा बचत धेरै हुनसक्छ नभए किन सानिमा बैंकले तपाईंहरुमा करोडौं पैसा खर्च गरिरहेको छ त ?

मैले विगत लामो समयदेखि विभिन्न बैंकहरुसँग वित्तिय सूचनाहरु माग गर्दै आएको छु । राष्ट्रिय सूचना आयोगको आदेशपछि प्राप्त वित्तिय सूचनाहरुलाई अध्ययन गर्ने क्रममा सानिमा बैंकले करिव २ अर्ब रुपैयाँ अपचलन गरेको छ । सो अपचलन गरेको रुपैयाँको जानकारी मैले तपाईंहरुलाई दिएको छु । फोनबाट कुरा गरी केश के हो ? मैले बुझाउन तपाईंहरुले भनेको ठाउँमा आएर बुझाउन पनि तयार छु भनेर भनेको पनि थिएँ । तर तपाईंहरुले मेरो कुरामा खासै ध्यान दिनु भएको छैन । मदनकृष्ण दाई तपाईंसँगको कुराकानीमा सानिमा बैंककै भाषा तपाईंले पनि बोल्नु भएको थियो । यदि बैंकले गल्ती गरेको भए राष्ट्र बैंकले सानिमा बैंकलाई कारवाही गरी हाल्थ्यो नि । हो दाई सानिमा बैंकले पनि यहि भाषा बोल्ने गरेको छ । हो गल्ती गरेको भए राष्ट्र बैंकले कारवाही गर्नु पर्ने हो ।

तर दाई राष्ट्र बैंका कर्मचारीहरु दूधले धोएका व्यक्ति होइनन् र राष्ट्र बैंकका कर्मचारीहरु नेपाली समाजमा बाँचेका मानिहरु हुन् । म जति गहिराईमा गएर अध्ययन गरेको छु त्यति गहिराईमा गएर अध्ययन गरेको भए पक्कै पनि गल्ती थाहा पाउथे तर गहिराईमा जाने फुर्सद राष्ट्र बैकका गभर्नर र कर्मचारीमा समय नै छदै छैन । समय यो अर्थमा पनि निकाल्दैनन् कि भोलि राष्ट्र बैंकको जागिर सकिए पछि समय विताउने स्थान बैंकहरु हुन । राष्ट्र बैंकका कर्मचारीका आफन्तहरु बैंकभरी जागीरे छन् नि त्यही भएर समय निकालेर अध्ययन गर्ने चासो र फुर्सद छैन । दाई यसले यस्तो हावा कुरा गर्यो भन्नु होला । मैले हावा कुरा गरेकै छैन । राष्ट्र बैंकको जागिर पछि बैंकहरुमा जागीर खाएका धेरै व्यक्तिहरुलाई भेटेको छु । नपत्याए तपाईंहरुकै क्षेत्रमा हुनु भएका शिवहरी पौडेलसँग यस्को बारेमा केहि बुझ्न सक्नु हुन्छ ।

मैले तपाइँहरुलाई २ अब बैंकले गरेको अपचलनर र ३४ करोड अधिकार प्राप्त व्यक्तिले सिष्टमबाट पैसा गायब बनाएको समाचार लेखेर त्यस्को लिंक पनि पठाई दिएको थिएँ तर तपाईंहरुले वास्ता नै गर्नु भएको छैन । मेलै जानेको र मेरो अध्ययनले देखाएको विषयलाई तपाईंहरु सामु राखेर बैंकलाई सुध्रिन दबाब दिनुहुनेछ भन्ने अपेक्षा गरेको थिएँ । पैसामा तलमाथि गर्ने बानी बसेकाले भोलि बैंक डुबाएमा तपाईंहरुको अनुहार हेरेर बचत गरेका बचत कर्तासँग तपाईंहरु माफी माग्ने कि नमाग्ने ? धन्यवाद । देशको जय होस् ।

अंग राज भारती
जुम्ला, हाल गोकर्ण, काठमाण्डौं ।
ईमेलः angaraj11@gmail.com

9851311211