फेरी काठमाडौंमा भुकम्पको धक्का महशुस

बुधबार, ११ बैशाख २०७६

बैशाख ११, काठमाडौं- काठमाडौंमा भुकम्पको धक्का महशुस गरिएको छ । करिब ३  बजेर ६ मिनेट जाँदा काठमाडौंमा भुकम्पको धक्का महशुस गरिएको हो। धादिङकाे नाैबिसे केन्द्र भएर ३.९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

यसअघि पनि बिहान ६ बजेर २९ मिनेट जाँदा ५.२ म्याग्निच्युडको  र  त्यसपछि फेरी ६- ४० मै सोहि ठाउँलाइ केन्द्र बनाएर ४.३  म्याग्निच्युडको भूकम्प गएको थियो।