नेपाल विद्युत प्राधिकरणलद्धारा निशुल्क मिटर वितरण सुरु

बुधबार, ११ बैशाख २०७६

राजविराज – नेपाल विद्युत प्राधिकरणले अति विपन्न परिवारलाई निशुल्क मिटर वितरण गर्न सुरु गरेको छ । प्राधिकरणको राजविराज वितरण केन्द्रले हुकिङ तथा चुहावट नियन्त्रण गर्न गरिब परिवारलाई मिटर वितरण गर्न सुरु गरेको हो ।

जग्गा धनीपुर्जा र मिटर किन्ने रकम नहुँदा हुकिङ गर्ने प्रवृत्ति बढेकाले विद्युत मिटर वितरण गर्न थालिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । ‘अति विपन्न तथा सांस्कृतिक महत्वका सम्पदालाई निःशुल्क विद्युत मिटर वितरण कार्यक्रम’ अन्तर्गत बुधबार क्षेत्रीय कार्यालय जनकपुरका प्रमुख ओमप्रकाश महतोले पहिलो मिटर राजविराज–१२ का भिखन सदालाई वितरण गरेर यो कार्यक्रमको सुरुवात गरेका हुन ।

कार्यक्रम अन्तर्गत ५–३० एम्पिएर क्षमताको बक्ससहित सिंगल फेज इनर्जी मिटर र एमसीबी बक्स निःशुल्क उपलब्ध गराइएको बताइएको छ ।