सरकारी अस्पतालमा सेवा लिन लामो समय सम्म कुर्नुपर्ने अवस्था हटाउन उच्चस्तरीय टोली गठन भइसकेको छ ।
काठमाडौँ –सरकारी अस्पतालमा सेवा लिन लामो समय सम्म कुर्नुपर्ने अवस्था हटाउन उच्चस्तरीय टोली गठन भइसकेको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले सरकारी अस्पतालमा स्वास्थ्य सेवा लिन लामो समय कुर्नुपर्ने अवस्था हटाउन उच्चस्तरीय टोली गठन भइसकेको बताएका छन् ।
सोमवारको प्रतिनिधि सभाको बैठकमा मन्त्रालयको आगामी वर्षको बजेट विनियोजन शिर्षकअन्तर्गत बोल्दै उनले सरकारी अस्पतालमा सेवा लिन लामो समय लाइन बस्नुपर्ने बाध्यता नबनाउन मन्त्रालयमा उच्चस्तरीय टोली गठन भइ काम शुरु गरिएको बताएका छन् ।
उनले हाल सरकारी अस्पतालमा कार्यरत चिकित्सकलाई निजी अस्पतालमा नजानको लागि बिस्तारित सेवा केही संघीय अस्पतालमा लागू भइसकेको र बाँकी लागू गर्ने क्रममा रहेको बताए । उनले उपत्यकाका ठूला अस्पतालहरुमा दुई सिफ्टको सेवा सञ्चालन गर्ने, बिस्तारित सेवा लागू गर्ने लगायतका कार्यक्रम अघि बढाइएको पनि बताए ।
मन्त्री यादवले मिर्गौला सम्बन्धी रोगमा ४ लाख ५० हजारसम्म सहुलियत प्रदान भइरहेको बताएका छन् ।