यी हुन् ओली सरकारमा थपिन लागेका ३ राज्यमन्त्री

बुधबार, ९ साउन २०८१

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा ३ राज्यमन्त्री थपिने भएका छन् । सत्तारुढ दल नेपाली कांग्रेसबाट २ र नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट १ राज्यमन्त्री थपिने भएका हुन् ।

ओलीले प्रधानमन्त्री नियुक्त भएलगत्तै २२ जनालाई मन्त्री नियुक्त गरेका थिए । संविधानअनुसार संघीय सरकार २५ सदस्यीय बनाउन पाइन्छ । अब ३ राज्यमन्त्री थपेर मन्त्रिपरिषद्लाई २५ सदस्यीय बनाइनेछ । यससँगै नाउपा पनि सरकारमा सहभागी हुनेछ ।

नाउपाबाट अरुण चौधरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री बन्ने स्रोतले जनाएको छ । कांग्रेसबाट प्रतिमा गौतम राज्यमन्त्री बन्ने सम्भावना छ । गौतम कांग्रेस महामन्त्री गगनकुमार थापा पक्षीय सांसद हुन् ।