नेपाल लाइफको लिडरसिप इक्सलेन्स अवार्डस २०२४ सम्पन्न
काठमाडौँ – नेपाल लाइफ इन्स्योरेन्सको तीन दिवसीय कार्यक्रम लिडरसिप इक्सलेन्स अवार्डस( २०२४ सम्पन्न भएको छ । भैरहवामा आयोजित उक्त कार्यक्रम “हरेक वर्ष स् फ्लाई हाई, एम हायर” नाराका साथ सम्पन्न भएको हो । उक्त कार्यक्रममा देशभरिबाट उत्कृष्ट व्यवसाय गर्ने १९१ एजेन्सी तथा एजेन्सी मेनेजरहरु र कम्पनीका कर्मचारीहरुको उपस्थिति थियो ।
कार्यक्रमको उद्घाटन कम्पनीका सञ्चालक विमल ढकाल र प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा गरेका थिए ।कार्यक्रममा कम्पनीका अध्यक्ष गोबिन्द लाल संघईले अथक मेहनत,टीम वर्क, लगनशिलता र सकारात्मक प्रयासबाट आर्थिक वर्ष २०८०र८१ मा नेपालको सबैभन्दा ठूलो बीमा कम्पनी भएको बताए ।
यसैगरी, सञ्चालक विमल प्रसाद ढकालले आर्थिक मन्दीको बीच पनि उत्कृष्ट प्रदर्शन गर्न नेपाल लाइफको अभिकर्ता अब्बल रहेको बताए ।साथै उनले लगानीको सुनिश्चितता, लगानीको प्रतिफलको सुनिश्चितता र लगानीको स्वच्छतालाई ध्यानमा राख्दै कम्पनी लगानी विविधिकरण तर्फ अग्रसर रहेको बताए ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले सम्मानित भएका अभिकर्तालाई बधाई तथा शुभकामना दिंदै गत आर्थिक वर्षको व्यापार समीक्षा गर्दै चालू आर्थिक वर्ष २०८१र८२ मा सेल्स रणनीतिका बारेमा जानकारी दिएका थिए ।
उनले अभिकर्ताहरुको चौतर्फी विकासका निम्ति कम्पनी निकैनै संवेदनशील रहेको कुरा समेत बताए ।कार्यक्रममा बोल्दै यस कम्पनीका नेसनल सेल्स हेड उमापति पोखरेलले बीमा मानवीय कार्य भएको र यसले देशको विकासमा अतुलनीय भूमिका निर्वाह गर्ने बताए ।
पेशागत बीमा अभिकर्ता महासंघका महासचिव ओम केसीले गत वर्षको लक्ष्य प्राप्तिका निम्ति सबै अभिकर्ता धन्यवादका पात्र भएको बताए । उनले नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन अभिकर्ताको भूमिका अतुलनीय रहेको र यसको गाम्भीर्यतालाई मनन गर्दै नीति निर्माण गर्नका निम्ति सरोकारवालाहरुसँग आग्रह गरे ।
त्यस्तै पेशागत बीमा अभिकर्ता संघ नेपाल, बीमक समिति नेपाल लाइफका अध्यक्ष गणेश अधिकारीले कम्पनीले सूचना प्रविधिमा ल्याएको विकासले सेवा प्रवाहमा सुधार आएको र यसले गर्दा अभिकर्ताहरूलाई काम गर्न सहज भएको बताए ।
कार्यक्रममा एजेन्सी मेनेजरतर्फबाट उत्कृष्ट ५० र व्यक्तिगत कोडतर्फबाट उत्कृष्ट १४१ अभिकर्ताहरुलाई सम्मान गरिएको थियो ।कार्यक्रममा सम्मानको साथ साथै ३० जनालाई सम्राट पदक, २२ जनालाई रत्न पदक र १३७ जनालाई समृद्धि पदकबाट पनि सम्मान गरिएको थियो ।
त्यस्तै एजेन्सी मेनेजरतर्फबाट क्रमशस् नेपाल प्रथम, दितिय र तृतीय हुने मदन भट्ट, स्नेहा भट्ट र बसन्ती शर्मा, तथा व्यक्तिगत कोडतर्फबाट क्रमश स् नेपाल प्रथम, द्वितिय र तृतीय हुने खुशी भट्ट, भीमा पन्थी र अर्बिन राजबंशीलाई अवार्डको साथै नगद पुरस्कारबाट सम्मान गरिएको थियो ।