युके बस्ने माया हिट भएपछि विनय अधिकारीको तेश्रो गीति एल्वम “इन्द्र महाराज” सार्वजनिक हुँदै

आइतबार, २७ साउन २०८१

काठमाडौं – व्यवसायी तथा एनआरएनए अभियान्ता विनय अधिकारीको तेश्रो  गीति एल्वम “इन्द्र महाराज” रिलिजको अन्तिम तयारीमा रहेको छ। गीतका रचनाकार तथा मोडल विनय अधिकारीले आइतबार सामाजिक संजाल फेसबुकमा गीति “एल्वम इन्द्र महाराज” को कभर सार्वजनिक गर्दै रिलिजको अन्तिम तयारीमा रहेको बताएका हुन्।

गीतमा अधिकारीको शब्द र बद्री सापकोटाको संगित रहेको छ । गीतमा लोकप्रिय गायीका मेलिना राई र बद्री सापकोटाको स्वर रहेको छ भने भिडियोमा विनय अधिकारी र चर्चित नायीका शिल्पा पोखरेलको ससक्त अभिनय रहेको छ ।

भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका छन् । अधिकारीको यो तेश्रो गीत हो । यसअघि अधिकारीले  ‘दुनियाँ लठ्ठै छ’ ‘युके बस्ने मायाँ’ बोलको गीत बजारमा ल्याएका थिए । उक्त ‘दुनियाँ लठ्ठै छ’ गीत झण्डै ७ लाख भन्दाबढी दर्शकले हेरेका छन् भने ‘युके बस्ने मायाँ’ पछिल्लो समयकै सर्वाधिक चर्चामा रह्यो।  बजारमा रिलिज भएका सबै गीतहरुलाई पछि पार्दै उक्त गीतले करोड क्लवको बाटो समेत तय गरेको छ।

माथि उल्लेखित दुवै गीतले सर्वाधिक चर्चा पाएपछि अर्को अल्बमको लागि उत्शाहित भएर इन्द्रम हाराजको तयारी गरेको अधिकारी बताउछन्। पहिलो  र दोश्रो तमा अधिकारीको दमदार अभिनय रहेको थियो । उनको अभिनयलाई धेरैले रुचाएपछि अधिकारीले दोश्रो गीत आफ्नै शब्द र अभिनयमा तयार पारी बजारमा ल्याउन लागेका हुन् ।

नेपालको कला संस्कृतिको संरक्षण गर्ने उद्येश्यसहित अधिकारीले सांगितिक क्षेत्रमा लगानी गरिरहेका छन् । बेलायतमा रहेर विभिन्न सामाजिक कार्यमा सक्रिय अधिकारी गोर्खाली समाजको समेत नेतृत्वकर्ता हुन् । उनी नेपालमा कोही कसैलाई समस्या पर्दा खुल्ला दिलका साथ सहयोग गर्ने मनकारी अभियान्तका रुपमा पनि चिनिन्छन् । गोर्खामा विभिन्न विद्यालय, स्वस्थ्य चौकीको स्तरउन्नतीदेखि त्यहाँको जनताको शिक्षा र स्वस्थ्यलाई मध्येनजर गर्दै विभिन्न सामाजिक कार्यमा प्रत्यक्ष सहभागी भएर सहयोग गरिरहेका छन् ।

अधिकारी सांगितिक क्षेत्रमा मात्र होइन चलचित्र पनि बनाउने तयारीमा छन् । अधिकारी बालगायक अशोक दर्जीको जीवन र सांगीतिक करिअरको उतारचढावमा आधारित रहेर फिल्म ‘मनबिनाको धन ठूलो कि धनबिनाको मन’ बनाउन लागेका छन् । बालगायक दर्जीको संगीत करिअरमा टंक बुढाथोकीले दिएको योगदान र कथित ‘अलग’ जातको मान्छेलाई आफ्नो घरमा राखेर दिएको जातीय सहिष्णुताबारेको सन्देशको कथावस्तुमा फिल्म बन्ने छ ।