जनकलाकार खगेन्द्र बिश्वकर्मा नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश

सोमबार, २८ साउन २०८१

ललितपुर – जनकलाकार खगेन्द्र बिश्वकर्मा नेपाल कम्युनिस्ट पार्टीमा ध्रुविकृत भएका छन् । आज हरिसिद्दिस्थित नेकपा महासचिव विप्लव सीको निवासमा विप्लवले स्वागत गरेर ध्रुविकृत गराएका हुन् ।

उनीहरुलाई पार्टीमा स्वागत गर्दै नेकपा महासचिव विप्लवले नेपाली विशेषताको समाजवादले मात्रै आजका समस्या र मुद्दाहरूको समाधान हुने भएकोले उक्त अभियानमा देशका सबै युवा प्रतिभाहरु जोडिनुपर्ने बताए। जनयुद्ध हुँदै पछिल्लो समयमा इन्द्रेणी कार्यक्रममा समेत चर्चित हुनुभएका कलाकार खगेन्द्र बिश्वकर्मा नेकपा (माओवादी केन्द्र) परित्याग गरि नेकपामा प्रवेश गरेका हुन् ।

नेकपा (माओवादी केन्द्र) निकट जनकलाकार संगठनको केन्द्रमा कार्यरत उनी सुर्खेत पश्चिम पञ्चपुरी नगरपालिका ५, निवासी हुन
। आजको नेपाली राजनीति परिस्थितिमा देशलाई नेकपा र यसको नेतृत्व विप्लवले मात्र निकास दिन सक्ने निश्कर्ष सहित आफू नेकपामा ध्रुविकृत भएको कलाकार खगेन्द्रले प्रतिक्रिया दिएका छन् ।

यसैगरी दैलेख महाबु गाउँपालिका ३ बाँसी निवासी पदम प्रसाद जैसी, सोही पालिका निवासी देव बहादुर सुनार र दाङ तुल्सीपुर उपमहानगरपालिका ५ निवासी कृष्ण कुमार बुढाथोकी समेत उक्त कार्यक्रममा नेकपामा समाहित भएका छन् । पार्टी प्रवेश तथा स्वागत कार्यक्रममा नेकपा केन्द्रिय सदस्यहरु रामलाल सी, अडिग सी, सुदर्शन सी, सुर्खेत जिल्ला सचिव जीत सी रअखिल नेपाल लेखक संघ केन्द्रीय कोषाध्यक्ष प्रतिबद्धको उपस्थिति रहेको थियो ।