पाल्पामा जन्ती बोकेको जीप दुर्घटना

सोमबार, १६ बैशाख २०७६

काठमाडौँ – पाल्पाको निस्दी गाउँपालिका वडा नम्बर ७ मित्यालमा भएको जिप दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । लु १ ज १९४१ नम्बरको जिप गुघुरीभीरमा जन्तीसहित दुर्घटना भएको हो ।

६ जना जन्ती बोकेर गएको मध्ये ५ जनाको मृत्यु भएको खबर आफूले प्राप्त गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी कृष्णराज सापकोटाले बताए ।

जिप गुघुरीभीरबाट ३५० मिटर तल खसेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।