बाटो भुलेको बटुवाको कथा : मृत्यु सत्य छ तर मरणलाई कसरी लिने ?

मंगलबार, १७ बैशाख २०७६

काठमाडौं – एउटा यात्री घना जङ्गलमा हिँड्दाहिँड्दै अकस्मात् एउटा ठुलो कुवामा खस्यो र तल पुग्न नपाउँदै एउटा लहरामा टाउको तल खुट्टा माथि भएर बीचैमा झुण्डियो । झुण्डिएरै उसले देख्यो –कुवाको मुखमा छवटा मुख र बाह्रवटा खुट्टा भएको एउटा हिंस्रक जन्तु र एउटा कालो सर्पले उसैतिर फर्केर मुख बाइरहेका थिए । त्यसपछि यसले मास्तिर हे¥यो । आफु झुण्डिएको लहरालाई पनि एकजोडी सेतो–कालो मुसाले धमाधम काट्दै थिए ।

बटुवा बेसरी डरायो । संयोगवश त्यसै स्थानमा माथिबाट मौरिको मह तप–तप उनकै छेउबाट चुहिइरहेको थियोे । भोकले ग्रस्थ भएकाले उसले मुख खोलेर मह थाप्न थाल्यो । महको स्वाद चाख्न थालेपछि आफु मृत्युको मुखमा भएको कुरा पनि बिर्सियो । छिनमै लहरा चुँडियो । उ कालको मुखमा परिहाल्यो । महको स्वादमा भुल्दा कालको मुखबाट कसरी उम्कने भनेर सोच्नै भ्याएन ।

यो संसार नै जङ्गल हो । घरपरिवार कुवा हो । हिंस्रक जन्तु काल हो । जन्तुका छवटा मुख भनेका छवटा ऋतु हुन् । बाह्र खुट्टा भनेका बाह्र महिना हुन् । सेतो र कालो मुुसा भनेका दिन र रात हुनु् । मह भनेको संसारको विषय हो । बाटो भुलेको बटुवा भनेको संसारी भोगविलासकारी मान्छे हो । बाटो बिर्सनु भनेको भगवान्को विस्मृति हो । यति हुँदा पनि वैराग्यको उदय नहुनु आश्चार्य हो । तसर्थ कामको महत्व र समयको प्राथमिकतालाई बुझेर आगाडी बढौं ।

अरु थुप्रै यस्तै यस्तै उत्प्रेरणात्मक कथाहरु पढ्नका लागि यहाँ क्लिक गर्नुहोस ।