विश्वराम कार्कीको नयाँ गित “बाच्नै दिएन” सार्वजनिक
काठमाडौं – पुरण रावतको शब्द,सुवाश कार्कीको संगीतमा “बाच्नै दिएन” सार्वजनिक भएको छ । पुरण रावतको शब्द,सुबाश कार्कीको संगित रहेको उक्त गीतमा लोक प्रिय गायक बिश्वराम कार्कीको सुमधुर स्वर रहेको छ। अलंकार स्टुडियोमा रेकर्ड गरेको गीतलाई बिशाल निरौलाले संगित संयोजन र रंजन राईले मिक्सिङरमास्टरिङ गरेका हुन्।
बिशाल नेपालीको कथारनिर्देशन रहेको उक्त भिडियोमा निगम राई,रोशन तामांग,निद्रमण घलान, प्रतिमा राज घताने र जोन सन्जोगको अभिनय रहेको छ। दिनेश पराजुलीले छायाँङ्कन गरेको भिडियोलाई अमृत चापागाईंले सम्पादन,कलर गरेका हुन् ।
विश्वराम कार्कीको प्रस्तुती रहेको “बाच्नै दिएन” म्यूजिक भिडियो biswaram karki युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।