दुतावासले लगाएको क्यापले ‘खुशी’ झन् खुशी, विद्यार्थीलाई समयमै सम्पर्क गर्न अपिल

बुधबार, ५ भाद्र २०८१

काठमाडौं – नेपालस्थित दक्षिण कोरियाली दुतावासले विद्यार्थी भिसामा क्याप लगाएपछि केही शैक्षिक परामर्श व्यवसायी खुशी भएका छन् । कोरियाका विश्वविद्यालयसँग राम्रो सम्पर्क रहेका र एजेन्सी सम्झौता गरेका शैक्षिक कन्सल्टेन्सीहरु खुशी भएका हुन् ।

यसरी खुशी हुने कन्सल्टेन्सीमा खुशी इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सी पनि एक हो । दक्षिण कोरियाका २० भन्दै धेरै विश्वविद्यालयसँग सम्झौता गरेर एजेन्सी लिएको खुशीले दुतावासले लगाएको क्यापको प्रवाह नगरी व्यापक प्रमोशन गरिरहेको छ । दुतावासले एउटा इन्टेकमा एउटा विश्वविद्यालयका ५० जना विद्यार्थीको मात्र डकुमेन्ट भेरिफिकेशन गर्ने र भिसा एप्लाई गरिदिने निर्णय गरेको थियो ।

खुशी इन्टरनेशनलकी असिस्टेन म्यानेजर प्रतिक्षा कुँवरले दुतावासको क्यापले खुशीलाई खासै फरक नपर्ने बताइन् । ‘हामीसँग थुप्रै अप्सन छ । डि–२ को पनि अप्सन छ, डि–४ को पनि अप्सन छ । हामीसँग २० भन्दै धेरै विश्वविद्यालयहरु छन् ।’, उनले भनिन्, ‘यसले हामीलाई काम गर्न थप सहज हुनेछ । हामीसँग अप्सन भएकाले यसले खासै फरक पार्दैन ।’

खुशी इन्टरनेशनल काठमाडौंको बागबजारमा अवस्थित छ । यहाँ अध्ययनका लागि कोरिया जान चाहने विद्यार्थीका लागि आईईएलटिएसका क्लास, कोरियन भाषा कक्षाहरु संचालित छन् भने भिसा प्रोसेसिङ र डकुमेन्टेशनको काम पनि गरिन्छ । भिसा रेट राम्रो रहेको खुशीमा विद्यार्थीको चाप धेरै छ । खुशीले अहिले मार्च इन्टेक २०२५ का लागि भर्ना खोलेको छ । सिट सिमित रहेकाले समयमै सम्पर्क गर्न विद्यार्थी तथा विद्यार्थीका अभिभावकलाई खुशीले अपिल गरेको छ ।