आजको मौसम : केहि ठाउँमा मेघ गर्जनसहित पानी पर्ने
बैशाख १७ काठमाडौँ – पहाडी क्षेत्रमा आंशिक बदली भए पनि देशका बाँकी क्षेत्रको मौसम मंगलबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पहाडी क्षेत्रको मौसम भने आंशिक बदली रहने र एक–दुई ठाउँमा मेघ गर्जनसहित हल्का पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् ।
काठमाडौँ उपत्यकासहितका क्षेत्रको मौसम सामान्यतया सफा रहने जनाइएको छ । तराईका क्षेत्रमा चर्को घाम लाग्ने भएकाले गर्मी बढ्ने छ । पछिल्लो केही दिनदेखि गर्मी बढ्दै गएको छ र यो क्रमम जारी रहने जनाइएको छ ।
पश्चिमका केही ठाउँमा बेलुका तिर हुरी–बतास चल्ने सम्भावना पनि छ ।