टुँडिखेलबाट लखेटिए ओली, देउवा र भीम रावल

सोमबार, १० भाद्र २०८१

काठमाडौं – काठमाडौंको टुँडिखेलबाट प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वउपप्रधानमन्त्री भीमप्रसाद रावल लखेटिएका छन् । गौरा पर्व मनाउन टुँडिखेल पुगेका उनीहरुलाई मेला हेर्न आएका युवाहरुले नाराबाजी गर्दै लखेटेका हुन् ।

गौरा पर्व मनाउने क्रममा प्रधानमन्त्री ओली, देउवा लक्षित नाराबाजी भएपछि उनीहरु कार्यक्रम सम्पन्न हुन अगावै त्यहाँबाट हिडेका छन् । व्यापक नाराबाजी भएपछि प्रहरीले नेताहरुलाई स्कटिङ गरेर पठाएको थियो । नाराबाजी भएपनि एमाले नेता तथा पूर्वउपप्रधानमन्त्री भीम रावल भने कार्यक्रम स्थलमै छन् ।

पछिल्लो समय नेपालमा नेताहरु प्रतिको वितिष्णा बढेको छ । बंगलादेशमा भएको घटनालाई लिएर उत्साहित भएको एउटा समूहले नेपालमा बेलामौकामा हुलदंगा गरिरहेको छ । यो पनि त्यही समूहले गरेको हुनसक्ने बुझिएको छ ।