रसुवागढीको आईपिओ बाँडफाँड विहिबार, तपाईको भागमा कति कित्ता ?
काठमाडौं – रसुवागढी हाइड्रोको आईपिओ बाँडफाँड विहिबार हुँदैछ । आवेदन दिएका सबै आवेदकले कम्पतीमा ४० कित्ता शेयर पाउने निश्चित भएको जनाइएको छ । हाइड्रोको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिदार्थ क्यापिटलका अनुसार केही आवेदकले गोलाप्रथाबाट थप १० कित्ता शेयर पाउने छन् ।
सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत ध्रुव तिम्सिनाले सबै ४० कित्ताभन्दा तलको संख्यामा शेयर माग गर्ने सबै आवेदकले मागे जति शेयर पाउने निश्चित भएको छ । त्योभन्दा बढी शेयर माग्नेहरु मध्ये २५ हजार ६ सय हाराहारीका आवेदकले गोलाप्रथाबाट थप शेयर पाउँछन् ।
तिम्सिनाका अनुसार दोहोरो आवेदन गर्ने तथा विविध कारणले आवेदन रद्ध हुनेहरुको संख्या उल्लेख्य छ । यस्ता आवेदनलाई शेयर बाँडफाँड प्रकृयामा सहभागि नगराइने सिद्धार्थ क्यापिटलले जनाएको छ ।
हाइड्रोको साधारण शेयरमा कुल ३ लाख ७ हजार वटा आवेदन परेको थियो । १० कित्ता शेयरका लागि आवेदन गर्नेहरुको संख्या धेरै भएका कारण उल्लेखित आवेदकहरुले ५० कित्तासम्म शेयर पाउने अवस्था बनेको हो ।
रसुवागढी र साञ्जेनको साधारण शेयर बिहीबार उर्जा मन्त्रालयमा बाँडफाँड गर्ने बताइएको छ ।