उपाध्यक्ष र सचिवसहितले माधव नेपाललाई दिए धोका
काठमाडौं – नेकपा एकीकृत समाजवादीको काठमाडौं जिल्ला कमिटी उपाध्यक्ष बटुकृष्ण थापा र सचिव धुर्वराज न्यौपानेले माधव नेपाललाई धोका दिएका छन्। महादिवेशन सकिएको लामो समयपछि केन्द्रको पदाधिकारीका लागि निर्वाचन चलिरहदा उनीहरुले पार्टी परित्याग गरेको घोषणा गर्दै नेपाललाई ढोका दिएका हुन् ।
केन्द्रीय पदाधिकारी र पोलिटव्युरो सदस्यहरुको निर्वाचन भइरहेका बेला काठमाडौंका प्रभावशाली अन्य नेताहरुले समेत पार्टीबाट राजीना दिनुले नेपाललाई ठुलै धोका भएको छ ।
नेकपा एस परित्याग गर्नेमा काठमाडौं क्षेत्र नम्बर ७ का संयोजक तथा युवा फाँट इन्चार्ज हरिशरण घिमिरे, जिल्ला कमिटी सचिव तथा तारकेश्वर नगर कमिटी सचिव शिवहरि देवकोटा, कीर्तिपुर नगर कमिटी अध्यक्षरोहित महर्जन,सचिव गृश्म महर्जन, उपसचिव नारायणहरी थापा,जिल्ला सचिवालय सदस्य सुशीला खतिवडा, राजकुमार महर्जन, विजय देवकोटालगायत छन् ।
त्यस्तै नेकपा एस परित्याग गर्नेमा बुढानिलकण्ठ नगर कमिटी उपाध्यक्ष बिष्णु भट्टराई,सचिव बिमल लामा,युवा संघ केन्द्रीय सदस्य रामशरण सापकोटा,जिल्ला सचिवालय सदस्य अशोक युवा संघ बुढानिलकण्ठ अध्यक्ष आकाश श्रेष्ठ,भानु रिजाल,केन्द्रीय सदस्य मेघ कुमार न्यौपाने,दिपेश थापा,कृष्णहरी खड्का,किर्तिपुर नगर कमिटी नेकपा एसका उपसचिव नारायणहरी थापा,महिला संघ जिल्ला उपाध्यक्ष पुष्पा थापालगायत छन् ।
नेकपा एस परित्याग गर्नेमा काठमाडौं क्षेत्र नम्बर ९ का संयोजक तोरण थापा,चन्द्रागिरी नगर अध्यक्ष प्रदिप रिजाल,काठमाडौं क्षेत्र नम्बर १० (ख)को प्रदेश संयोजक तथा जिक सदस्य राजाराम कार्की
जिल्ला कमिटी बैठक बुधबार बोलाइएको र त्यसको पूर्वसन्ध्यामा उपाध्यक्ष सचिवसहितका अन्य धेरै सदस्यको राजीनामा आउने क्रममा रहेको उपाध्यक्ष थापाले बताए । एकीकृत समाजवादी शिक्षक संगठन काठमाडौंका अध्यक्ष इन्द्रप्रसाद सिम्खडाले पनि राजीनामा दिएका छन् ।