यस्तो छ आजको मौसम

बुधबार, १८ बैशाख २०७६

बैशाख १८ काठमाडौँ – पहाडी क्षेत्रको मौसम बुधबार सामान्य बदली रहे पनि अरु क्षेत्रमा आंशिक बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पहाडी क्षेत्रमा दिनभरको मौसम सामान्यतया बदली हुने सम्भावना रहेको मौसमविदले बताएका छन् । पहाडी क्षेत्रका केही ठाउँमा मेघ गर्जनसहित हल्का पानी पर्ने सम्भावना पनि रहेको जनाइएको छ ।

अरु क्षेत्रमा भने आंशिक बदली भए पनि पानी पर्ने सम्भावना भने नरहेको बताइएको छ । विशेष गरि तराईका क्षेत्रमा आंशिक बदलीसँगै चर्को घाम लाग्ने भएकाले गर्मी हुनेछ ।