कर कार्यालय पुतलीसडकका प्रमुख कर अधिकृतको सरुवा, अख्तियारबाट आए पाण्डे

बुधबार, १२ भाद्र २०८१

काठमाडौं – अर्थ मन्त्रालयले मातहतका निकायमा कार्यरत प्रमुख कर अधिकृत र निर्देशकसहित ५८ जना उपसचिवको सरुवा गरेको छ । मन्त्रालयले आन्तरिक राजश्व विभाग, भन्सार विभाग, आन्तरिक राजश्व कार्यालय तथा मन्त्रालयमा कार्यरत उपसचिवको सरुवा गरेको हो ।

जसअन्तरगत आन्तरिक राजस्व कार्यालय पुतलीसडकका प्रमुख कर अधिकृत गजेन्द्र प्रसाद यादवको सरुवा भएको छ । प्रमुख कर अधिकृतका रुपमा रहेका यादवको सरुवा राष्ट्रिय प्राकिृत श्रोत तथा वित्त आयोगमा भएको छ ।

उनको ठाउँमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालमा कार्यरत उपसचिव नरेन्द्र प्रसाद पाण्डे आएका छन् । विभिन्न ठूला एयरलायन्स कम्पनीहरु, शैक्षिक परामर्श केन्द्र, कार्यालयको कार्याक्षेत्रमा पर्ने बैंक तथा वित्तीय संस्था यो कर कार्यालय अन्तरगत पर्ने गरेका छन् ।

निकै ठूलो करछली हुने यी क्षेत्रहरुमा अख्तियारबाट भएको पाण्डेको आगामनसँगै करछली नियन्त्रण हुने विश्वास गरिएको छ ।