प्रेरक प्रसंग : धोकेवाजलाई साथी नबनाउनु !
काठमाडौं – एक पटक दुई जना साथीहरु जङ्गलको बाटो हुँदै कर्त जाँदै थिए । हिँड्दाहिँड्दै एउटाले आफुहरुतिर लमकलमक गर्दै आउँदै गरेका भालुलाई देख्यो र उसले अर्काे साथीलाई सुइँकोसम्म पनि नदिई हतारहतार नजीकैको रुखमा चढ्यो । उता अर्काे साथीले भालु आएको एकछिनपछि मात्रै थाहा पायो । उ कतै भाग्न पाएन । के गरुँ, कसो गरुँको अवस्थामा भुइँमा लम्पसार प¥यो । मरेकालाई भालुले खाँदैन भन्ने कुरा उसले बुढापाखाबाट सुनेको थियो । उ मरेजस्तै गरेर सुत्यो ।
भालुले सबैतिरबाट सुँ–सुँ गरेर उसलाई सुँघ्यो र मरिसकेको सम्झेर छाड्र हिँड्यो । रुखमा बसेको साथीले ती सबै कुरा हेरिरहेको थियो । भालु गएपछि उसले रुखबाट तल ओर्लेर सोध्यो –‘होइन, त्यो भालुले तिम्रो कानमा मुख लगाएर के भन्या हँ ?’
साथीले जुरुक्क उठेर भन्यो –‘भालुले आज मलाई राम्रो अर्ती–उपदेश दियो उसले मेरोे कानमा भन्दै थियो –संकटको बेला साथीलाई थाहासम्म नदिई आफुमत्रै रुखमा चढ्ने यस्ता धोकेवाज साथीको कहिल्यै भरोसा नगर्नू, त्यस्तासँग साथ पनि नलाग्नु ।’ उसका कुरा सुनेर पहिलो साथी लाजले पानी–पानी भयो ।
मित्रताको पहिचान गरेर मात्र साथी बनाउँ । साथी बनाउने भनेकै संकटका बेलामा काम लागोस भनेर हो । संकटको वेलामा काम नलाग्ने साथी के को साथी ?
अरु थुप्रै यस्तै यस्तै उत्प्रेरणात्मक कथाहरु पढ्नका लागि यहाँ क्लिक गर्नुहोस ।