एमसीसी विरुद्ध समाचार प्रकाशित हुन थालेपछि जनखबर अनलाइन किन हुँदैछ अवरुद्ध ?
काठमाडौँ – राजेन्द्र चिमोरिया प्रकाशक, सम्पादक रहेको जनखबर विद्युतीय अखबार १२ गते अपरान्ह १२ बजेदेखि अवरुद्ध भएको छ ।
वरिष्ठ पत्रकार चिमोरियाले एमसीसीको विरुद्ध समाचार प्रकाशित गर्नासाथ त्यसप्रकारको समस्या आउने गरेको बताए । केही समय अगाडि जनपत्रिका अनलाइनको पेज अवरुद्ध पारिएको थियो ।
समाचार सम्प्रेषणमा प्रविधि प्रयोग गरेर अवरुद्ध गर्ने तथा अभिव्यक्ति स्वतन्त्रतामा लगाम लगाउने कार्य अमेरिकी दूतावासले विश्वभरी गर्दै आएको आरोप लाग्ने गरेको छ। नेपालमा पछिल्ला घटनालाई पनि त्यसरी नै हेरिएको छ ।