मुख मिठ्याएर बसेका ९० प्रहरीलाई झट्का, तत्लो तहका प्रहरी अधिकृत उत्साहित

शुक्रबार, १४ भाद्र २०८१

काठमाडौं – नेपाल प्रहरीका ९० जना प्रहरी अधिकृतलाई झट्का लागेको छ । ३० वर्षे सेवा अवधिहटाउन माग गर्दै सर्वोच्च अदालत गएका प्रहरीविरुद्ध फेसला आएपछि झट्का लागेको हो । ३० वर्षे सेवा अवधि विवादमा सर्वोच्च अदालतले यसअघि जारी गरेको अन्तरिम आदेश खारेज भएपछि मुख मिठ्याएर बसेका प्रहरी अधिकृत अव अवकारमा जाने भएका छन् ।

न्यायाधीशद्वय शारंगा सुवेदी र विनोद शर्माको संयुक्त इजलासले सरकारको भ्याटेकमा मागबमोजिम हुने आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइकेलले जानकारी दिए ।

नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एएसपी) सहितका केही प्रहरी अधिकृत जीवनकुमार श्रेष्ठसहित २१ जनाले आफूलाई ३० वर्ष सेवा अवधिमा अवकाश दिन लागेको भनी सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिटमा पहिलो सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासले अन्तरिम आदेश जारी गरेको थियो ।

सर्वोच्चले अन्तरिम आदेश जारी गरेपछि सरकारले यो आदेश कार्यान्वयन गर्न नसकिने भन्दै गृह मन्त्रालयमार्फत भ्याकेटको निवेदन दर्ता गरेको थियो । प्रहरी अधिकृतले भदौ ५ गते रिट दर्ता गराएका थिए भने सरकारले भदौ १२ गते भ्याकेटको निवेदन दर्ता गराएको थियो । तीस बर्षको अवधि खारेज भएको खण्डमा ९० जना प्रहरी अधिकृतले पुरानै अवस्थामा काम गर्न पाउने थिए भने तत्लो तहका अधिकृतको बढुवा रोकिने थियो ।