माओवादी र सुरक्षाकर्मीविच भिडन्त, कतिभयो क्षति ?
महाराष्ट्र – भारतको महाराष्ट्रमा भारतीय माओवादीको आक्रमणमा परी १६ जना भारतीय सुरक्षाकर्मीको मृत्यु भएको छ । महाराष्ट्र गढ़चिरौलीको कुरखेडा तालुका भन्ने ठाउँमा माओवादी सेनाले सुरक्षाकर्मी चढेको सवारीमाथि आक्रमण गरेपछिको भिडन्तमा परी उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमध्ये सबै जना महाराष्ट्र प्रहरीको सी–६० कमाण्डोहरु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
उक्त आक्रमण भारतमा जनयुद्ध लडिरहेको भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । माओवादी आक्रमणकारीले उक्त क्षेत्रमा बिहानैदेखि गाडीहरु रोकेका थिए । त्यसपछि प्रहरीको एउटा कमाण्डो टोली गएको र अन्ततः सोही गाडीलाइ भारतीय माओवादीले आक्रमण गरेका हुन । महाराष्ट्रको गढ़चिरौली क्षेत्र भारतीय माओवादीको सबैभन्दा बढी प्रभाव रहेको क्षेत्र मानिन्छ ।
महाराष्ट्रका मुख्यमन्त्री देवेंद्र फडणवीसले आफ्नो ट्वीटरमा उक्त घटनाबारे लेखेका छन् । त्यसैगरी यस घटनाबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री राजनाथ सिंहले पनि ट्वीट गरेका छन् ।