फोनपे क्यु.आरको पहिलो भुक्तानी, अर्थात् ‘बोहनी’ पहल सुरु, व्यवसायीलाई के–के छन् फाइदा ?

आइतबार, १६ भाद्र २०८१

नेपालको सबैभन्दा ठूलो भुक्तानी संचालक, फोनपेले देशभरका व्यवसायहरुलाई आफ्नो पहिलो भुक्तानी ‘बोहनी’ फोनपे क्यु.आरमार्फत गर्न पहलको सुरु गरेको छ। यस पहलले बिहानको पहिलो भुक्तानी नगदमा मात्र स्वीकार गर्ने नगद परम्परालाई चुनौती दिँदै डिजिटल भुक्तानीको सहजतालाई स्वीकार गर्न अभिप्रेरित गर्दछ।

फोनपे क्यु.आरमार्फत बोहनी स्वीकार गर्दा, व्यवसायीहरूले बिहानको समयमा स–साना रकमको समस्याबाट मुक्ति पाउनुको साथ–साथै उधारो दिनुपर्ने अवस्थालाई सजिलै टार्न पनि सक्नेछन् ।

अभियानमा सहभागी हुन, व्यवसायीहरूले फोनपे बिजनेस एपमा लग–इन गरेर सहभागिता स्वीकार गर्नुपर्नेछ । अभियान अवधिमा फोनपे क्यु.आर मार्फत भुक्तानी लिएको हुनु पर्नेछ। यस अभियान अन्तर्गत एक भाग्यशाली व्यवसायीले नयाँ इभिस्कुटर जित्ने अवसर पनि प्राप्त हुने फोन पेले जनाएको छ ।

फोनपेका चिफ बिजनेस अफिसर सुमित दासका अनुसार, यस पहलको आशय व्यवसायीहरूलाई, डिजिटल भुक्तानीलाई आफ्नो दैनिक व्यवसायिक कार्यहरूमा समाहित गर्न अझ बढि प्रोत्साहन गर्नु हो । व्यवसायीहरूलाई पारम्परिक बोहनी, नगदमा स्वीकार गर्ने तरिकालाई त्यागेर फोनपे क्यु.आर अपनाउन प्रोत्साहित गरेको उनको भनाई छ ।