१२७ अंक बढ्यो सेयर बजार
काठमाडौं – अघिल्ला केही दिनसम्म उच्च गिरावट देखिएको सेयर बजार सोमबार भने १२७ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २८२३ अंकमा कायम भएको छ ।
कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन १० अर्ब ५१ करोडको कारोबार भएकोमा आज १३ अर्ब १० करोडको भएको छ । कारोबार सुरु भएको २३ मिनेटमा नेप्से २६७९ अंकसम्म झरेको थियो, जुन आजका लागि न्यूनतम अंक रह्यो ।
सबै क्षेत्रका सूचक बढेका छन् । सबैभन्दा धेरै फाइनान्स समूहको सूचक बढ्यो । बैंकिङ ४।७३, विकास बैंक ४।९९, फाइनान्स ७।९४, होटल तथा पर्यटन ४।९२, हाइड्रोपावर ५।३६, लगानी ५।४५, जीवन बीमा ४।६९, उत्पादन ३।३३, माइक्रोफाइनान्स ३।३३, निर्जीवन बीमा ४।८१, अन्य ४।१४ तथा व्यापार समूह २।८५ प्रतिशत बढे ।