काठमाडौंमा ठुलो हावाहुरी, जनजीवन प्रभावित
काठमाडौं – काठमाडौंमा ठुलो हावाहुरी चलेको छ । बेलुका ६ बजेर ५० मिनेटदेखि सुरुभएको हावाहुरी ७:३० सम्म चलेको थियो । सडकमा हिडडुल गर्ने सर्वसाधारण हुरीले प्रभावित भएका छन ।
हुरीले ठुलो क्षेति भएको हुन सक्ने आशंका गरिएको छ । अनामनगर आसपासमा पोलमा विद्युत सट भएर आगलागी भइरहेको छ भने साना तिना टहराहरु उडाएको छ ।
दिनभर मौसम सफा भएपनि बेलुका पख बदली हुँदा हावाहुरी सहित पानी पनि परिरहेको छ ।
बंगालको खाडीको दक्षिण पुर्बी भागमा भएको धेरै शक्तिशाली चक्रबात “फानी” बिस्तारै उत्तर – पश्चिम दिशातर्फ बढिरहेकोले काठमाडौंमा हावाहरी चलेको मौसमविदले बताएका छन ।
शुक्रबारबाट यो प्रणाली ओड़ीसा आसपास तिर मोडिने देखिन्हिएपनि बुधबारनै काठमाडौंमा यसको आगमन भएको छ । नेपालको पुर्बी र मध्य हिमाली भूभागमा भारी हिमपात तथा प्रि–मनसुन भएकोले पुर्बी र मध्यका स्थानहरुमा हावाहुरी सहित हल्का देखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेकाले सतर्क रहन मौसमविदकोअनुरोध छ ।