‘को बन्छ करोडपति’मा रवि लामिछाने, के साँच्चै बनेका हुन त करोडपति ?

बिहिबार, १९ बैशाख २०७६

काठमाडौं – ‘को बन्छ करोडपति ‘को आगामी सृखलाका लागि संचारकर्मी रवि लामिछाने सहभागी भएका छन । कालिकोट जिल्लाको रास्कोट नगरपालिकामा बन्न लागेको रास्कोट सामुदायीक अस्पतालको सहयोगार्थ उनी ‘को बन्छ करोपति’मा सहभागिता भएका हुन ।

रास्कोट सामुदायिक अस्पताल अभियानको नेतृत्व गरिरहेका लामिछानेले त्यहाँबाट जितेको जति सबै अस्पताललाई सहयोग उपलब्ध गराउने गरि सहभागिता जनाएको अस्पताल श्रोतको भनाई छ । बैशाख १८ गते बुधबारका दिन लामिछाने सहभागि केविसी रेकर्ड गरिएको हो ।

उनले कति पैसा जितेभन्ने कुरा गोप्य राखिएको छ । जति जितेपनि सबै रास्कोट अस्पतालका लागि उपलब्ध गराउने लामिछानेको भनाई छ ।