ममता काफ्ले हत्या प्रकरणः अमेरीकी प्रहरीले बल्ल चलायो सर्च अप्रेसन
काठमाडौँ – अमेरिकाको भर्जिनियाको मनासास पार्कमा हत्या गरिएको अनुमान गरिएकी ममता काफ्लेबारे प्रहरीले खोजी कार्य सुरु गरेको छ ।
अमेरिकी सञ्चारमाध्यम फक्सफाइभका अनुसार ममता काफ्ले बेपत्ता भएको विषयमा अनुसन्धानका लागि मनासास सिटी पार्क प्रहरीले बिहीबार मनसासमा खोजी कार्य सुरु गरेको हो ।
प्रहरीले ब्लुम्स क्रसिङ समुदायमा प्रमाण खोजिरहेका छ । साथै प्रहरीले विद्यालय, क्याम्प र पार्कमा पनि ममताको खोजी गरेको छ । प्रहरीले प्रहरीले एक विज्ञप्तिजारी गर्दै हालसम्म कुनै अउपलब्धि प्राप्त नभएको र केही प्रमाणहरू फेला परे विज्ञप्तिमार्फत जानकारी गराउने बताएको छ । साथै घटनाबारे संयमता अपनाउन पनि आग्रह गरेको छ ।
ममताकी एक वर्षीया छोरीको हेरचाह नेपालबाट पुगेकी ममताकी आमाले सुरु गरेको बताइएको छ । यसअघि ममताको हत्या गरेको अभियोगमा उनका श्रीमान् नरेश भट्टलाई पक्राउ गरिसकेको छ ।