प्रधानमन्त्री ओलीले दिए कर्मचारीहरुको दिल दुख्ने अभिव्यक्ति

शनिबार, २२ भाद्र २०८१

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले  कर्मचारीहरुको दिल दुख्ने अभिव्यक्ति  अभिव्यक्ति दिएका छन् । शनिवार काठमाडौंमा २१ औं निजामती सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले कर्मचारीहरुको तलब २५ पैसा पनि बढाउन सकिदैन भन्दै दिल दुख्ने अभिव्यक्ति दिएका हुन्।

ओलीले कर्मचारीहरूका समस्याका बारेमा आफू जानकार रहेको भएपनि अहिलेको अर्थतन्त्रले कर्मचारीको तलब २५ पैसापनि बढाउँ नसक्ने बताए।

उनले भने, ‘ म त अलिकति पैसा भयो भने २५ प्रतिशत तनाखा वृद्धि गरिदिने मान्छे हुँ। पहिला त एकैचोटी वृद्धि गरिदिएको थिएँ। अहिले त यस्तो स्थिति छ की २५ प्रतिशत होइन, २५ पैसा पनि वृद्धि गर्नसक्ने स्थिति छैन। देशको अर्थतन्त्रले गर्न सम्भव छैन। मेरो मनले मात्रै सम्भव हुँदो रहनेछ।’

उनले अहिले मनलाई दह्रो बनाइ कठिनाइहरुको सामना गरेर देश र अर्थतन्त्रलाई अघि बढाउनसके पछि पारिश्रमीक र सुविधा पनि बढ्ने बताए।